FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि संगै होमस्टे व्यवसायमा जुट्दै नमोबुद्धका श्रीकृष्ण

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    कृषि संगै होमस्टे व्यवसायमा जुट्दै नमोबुद्धका श्रीकृष्ण

    जे.वि शाह। काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ मा रहेको फुलवारी गाउँमा युवा किसान श्रीकृष्ण धिताल अर्गानिक फलफुलको नर्सरी सन्चालन गरिरहेका छन् । नर्सरी मार्फत विरुवा उत्पादन मात्र होइन विरुवा खरिद गर्न आउने किसानलाई ठाउँ र हावा पानी अनुसार परिक्षण गरेर मात्र उनि बेच्ने गर्छन्। उनले आफनै वारीमा विभिन्न ३२ जातका विरुवा प्रति जात ३ देखि ४ बोट गरेर करीब १०० भन्दा बढी फलफुलका विरुवा उत्पादन गर्दै आएका छन्। करिब १० हजार विरुवाको उत्पादन गर्ने क्षमता रहेको उक्त नर्सरी किसानको रोजाईमा पर्ने गरेको छ। आधुनिक पद्धतीबाट नर्सरी संचालन गरेका उनि विरुवाको सफल परक्षिण पस्चात लगाउने तरिका र बोट विरुवा सम्बन्धि आवस्यक ज्ञान दिएर मात्र विरुवा विक्रि वितरण गर्ने उनको भनाई छ। यसो गर्दा किसानलाई बिरुव हुर्काउन र धेरै भन्दा धेरै उत्पादन लिन सहयोह मिल्ने उनि बताउछन्। श्रीकृष्ण काठमाण्डौ विस्वविद्यालयबाट मास्टर डिग्री सकेर यस व्यवसायमा लागेका हुन्। पुष्प ब्यवसाय संगै श्रिकृष्ण होमस्टे समेत संचालन गरिरहेका छन्। संस्कृती एग्रो फार्म एण्ड रिसर्च सेन्टर नाम दिएर बिगत ५ वर्ष देखि उनि कृषि र होटल ब्यवसायलाई निरन्तरता दिइरहेका छन्। २०७२ सालको भुकम्पले भत्काएको घरको पुनर्निमाण गरि उक्त घरमा स्वदेशि तथा विदेशि पाहुना बस्ने र आफनै बारीमा उत्पादीत अर्गानिक खाना खाने व्यवस्था समेत होमस्टेका मार्फत भइरहेको छ ।

    अहिले उनको यो काम देखेर अन्य युवाहरु पनि कृषिमा आकर्षित हुन थालेका छन्। कृषि पेशामा संलग्न भएर आफ्नै गाउँ,ठाउँमा युवाहरु स्वोरोजगार भएको देख्दा आनन्द मिलेको उनि बताउछन्।श्रीकृष्ण जस्तै नेपालमै मेहेनत गरे रोजगारीका लागी विदेशीनु पर्दैन । अहिले उनी आफ्नै गाउँठाउँको स्वच्छ हावापानी र वातावरणमा कृषि कर्ममा रमाईरहेका छन । कृषि र पर्यटनको प्रचुर सम्भावना भएको नगरपालिकाले कृषि र उद्यम गर्न चाहाने युवाहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित