FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भैँसीपालनमा भविष्य खोज्दै पाल्पाली युवा

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    भैँसीपालनमा भविष्य खोज्दै पाल्पाली युवा

    पाल्पा । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’

    गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उनी चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले घर फर्केपछि उनले अहिले भैँसीपालनलाई आफ्नो आम्दानीको मुख्य पेशा बनाएको छ । उनले तराईबाट उन्नत जातका भैँसी ल्याएर पाल्नुभएको छ र सात वर्षदेखि यसैमा व्यस्त भएको हो ।

    ‘भैँसीपालनले हातमा दाम मात्र नभई समाजमा राम्रो पहिचान बनेको छ, चार वर्ष विदेशमा बगाएको पसिना अहिले सम्झँदा पश्चाताप लागिरहेछ, बिहान उठ्यो भैँसी दुहेर बजार लग्यो यसरी नै परिवारका साथ रमाइलो गरी जीवन बिताइरहेको छु’, उनले भने ।

    बजारमा भैँसीको दूधको माग बढ्दो र मूल्य राम्रै पाइने भएकाले यही व्यवसाय रोज्नुभएका उनको फार्ममा छ भैँसी र तीन गाई छन् । वार्षिक दूध बिक्रीबाट खर्च कटाएर दुई लाखभन्दा बढी आम्दानी गर्छन् । भैँसीको प्रतिलिटर ८७ र गाईको ६२ मा दूध बिक्री भइरहेको छ ।

    विगत एक दशकदेखि भैँसीपालन गर्दै आएका अर्का सफल व्यवसायी कृष्णकुमार अर्यालले अहिलेसम्म पनि यसलाई निरन्तरता दिँदै आएको छ । पाँचवटा भैँसीबाट व्यवसाय गरेका अर्यालका हाल ११ वटा दुहुनासहित २२ भैँसी र पाँच गाई छन् । प्रत्येक दिन बिहान र साँझ गरी एकसय लिटर दूध बजारमा पु¥याउने उनी भन्छन्, ‘भैँसी पाल्न थालेको एक दशक भएछ, कसरी ती दिन बिते पत्तै भएन, घरमै बसेर रेखदेख र घाँसपात गर्दा र बजारमा दूध पु¥याउँदैमा आनन्द लाग्दछ, कुनै दिन पनि हातमा दाम खाली भएन ।’

    दूध बिक्रीबाट खर्च कटाएर वार्षिक कम्तीमा रु तीन लाख आम्दानी उनले गर्छन् । भैँसीपालन थालनी गरेदेखि उनलाई गाउँलेहरु भैँसी कृष्णका नामले चिन्दछन् । उनी ‘दूध पिऔँ र स्वस्थ बनौँ’ भन्ने अभियानमा छन् ।

    नागिनी एग्रो एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले पाल्पा जिल्लामै सबैभन्दा ठूलो भैँसी व्यवसाय चलाएको छ । दुई वर्षअघि देखि भैँसीस्रोत केन्द्र नाम दिएर व्यवसाय सुरु गरेका उनीसँग हाल ६५ भैँसी छन् र २२ दुईओटा दुहुना ।

    अर्याल दैनिक २ सय ३५ लिटर दूध बजारमा खपत गर्छन् । भैँसी खरीद र गोठ निर्माणमा करीब दुई करोड ७० लाख बराबरको लगानी परेको छ । एक सय माउ भैँसी पाल्ने लक्ष्य लिएका उनले चार युवालाई रोजगार पनि दिएको छ ।

    भारतका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैँसी खरीद गरी व्यवसाय चलाएका अर्यालले भैँसीका लागि एक लाख ३० हजारदेखि दुई लाख ५० हजारसम्म तिरेको छ । ठूला भैँसी भएकाले यहाँ अवलोकन गर्नेहरुको पनि दैनिक चहलपहल देखिन्छ ।

    जिल्लामा भैँसीपालनलाई प्रोत्साहन गर्न संघीय सरकारले एक वषअघि देखि नै रामपुर नगरपालिका–१० स्थित गेझामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    स्थानीय आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत ‘समुदायमा सञ्चालित समुदायको भैँसी स्रोत विकास केन्द्र’ का नाममा संघीय सरकारको २५ लाख सहयोग र सहकारीको २५ लाख लागतमा कार्यक्रम सञ्चालन हुँदै आएको हो ।

    सो रकमबाट घाँसको बीउबिजन वितरण, औषधि उपचारमा खर्च, तालीम, स्वास्थ्य शिविर, भैँसी खरीदमा ढुवानीखर्च कृषकलाई उपलब्ध गराइएको छ । भैँसीफार्म स्थापना गरेका कृषकलाई ढुवानीमा एक भैँसी बराबर रु तीन हजार उपलब्ध गराइएको सहकारीका अध्यक्ष सीता देवकोटा बताउँछन् ।

    भैँसी स्रोत केन्द्र कार्यक्रममा सामावेश भएका कृषकले कार्यक्रम सुरु भएको तीन वर्षमा २० वटासम्म भैँसी पाल्नुुपर्ने हुन्छ । यहाँ भैँसीफार्म नै सञ्चालन गर्ने चार कृषक छन् । विसं २०६९ मा स्थापना भएको यस सहकारीमा हाल ५ सय शेयर सदस्य छन् । सहकारीले व्यावसायिक पशुपालन गर्ने कृषकलाई ऋण उपलब्ध गराउनाका साथै गाउँमा उत्पादित दूध संकलन गरी बजार पठाउने कार्य गरिरहेको छ । स्थानीय स्तरमा र बेझाड बजारमा दैनिक १ सय ५० लिटर दूध बिक्री भइरहेको छ ।

    जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार ९ सय मेट्रिक टन दूध उत्पादन भएकामा भैँसीको ४५ हजार १ सय ४७ मेट्रिक टन र गाईको १६ हजार ७ सय ५३ मेट्रिक टन दूध बजारमा खपत भएको थियो ।

    यहाँ उत्पादन भएको दूध पोखरा, स्याङ्जालगायतका बजारमा बिक्री भइरहेको छ । यहाँ दैनिक उत्पादन हुने १ सय ४२ मेट्रिक टनमध्ये ९६ मेट्रिक टन भैँसीको दूध रहेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा.चन्द्रबहादुर राना बताउँछन् ।

    ‘गाईले आठ महिनासम्म दूध दिने, चाँडै थाक्ने र अर्को पटक ब्याउन समय धेरै पर्खनुपर्ने हुँदा लामो समयसम्म पाल्न झन्झट हुने भएकाले भैँसी पाल्न नै किसान आकर्षित भए पनि बजारको मागअनुसार अझै दूध उत्पादन हुन सकेको छैन’, डा.रानाले भने ।

    उनका अनुसार बजारमा भैँसीको दूधको बढी माग आएकाले कृषकलाई भैँसी विस्तार गर्न अनुरोध गरिएको छ । दूधमा आत्मनिर्भर रहेको पाल्पामा बाहिरी जिल्लाबाट पनि भैँसीको दूधको माग बढी आउने गरेको व्यवसायीहरु बताउँछन् । जिल्लामा भैँसीपालनलाई महत्व दिँदै थोरैमा दुई–तीनवटा भए पनि भैँसीपालनलाई कृषकले व्यावसायिक रुप दिन थालेका छन् । भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अनुसार ठूलो संख्यामा भैँसीपालन गर्ने एक दर्जन कृषक छन् ।

    गाईको दूधबाट छुर्पी, पनिर, दही, घीउलगायतका परिकार बनाएर बेच्ने गरिएको छ । हाल बजारमा भैँसीको दूधको मूल्य १ सय रहेको छ । दुग्ध व्यवसायीले भने भैँसीको दूध कृषकबाट ८० देखि माथि गुणस्तर जाँच गरेर मात्रै खरीद गरेका छन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित