FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कांग्रेसको क्रियाशील सदस्यका लागि नाम पठाइएका व्यक्ति एमालेमा प्रवेश

    • कृषि टि.भी.
    • १ साल अघि
    • १८ पटक पढिएको
    कांग्रेसको क्रियाशील सदस्यका लागि नाम पठाइएका व्यक्ति एमालेमा प्रवेश

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पार्टीले जारी गरेको क्रियाशील सदस्यमा विवाद भइरहेको बेला सुन्दरहरैंचाका २ जना क्रियाशील सदस्य नेपाली कांग्रेस पार्टी त्याग जारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेश सांसद राजकुमार ओझाले पार्टीमा स्वागत गरेका थिए । सुन्दरहरैंचा–९ का चन्द्रप्रसाद ढकाल र निलबहादुर कार्की एमालेमा प्रवेश गरेका हुन् । लगभग १० महिनाअघि उनीहरु एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा प्रवेश गर्नेबित्तिकै क्रियाशील सदस्यताको लागि सिफारिश गरिएको भनेर कांग्रेसमा असन्तुष्ट हुनेहरु थिए । उनी कांग्रेस बनाउन आएका नभई कांग्रेसको अमूक व्यक्ति बनाउन आएका भनी टिप्पणी हुन थालेको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा न ८, ९, ११, १२ मा पार्टीको वडा समितिले सिफारिश गरेबाहेकका व्यक्तिलाई क्रियाशील सदस्यका लागि प्रस्ताव गरिएको कांग्रेसका कार्यकर्ता बताउँछन् । आसन्न नगर अधिवेशनमा केही सीमित नेताहरुबाट सञ्चालित समूहबाट पार्टी संगठनमा योगदान नै नगरेका केही नेताका आडमा रहेर उम्मेद्वारी घोषणा भएको भन्दै पार्टीमा लामो समयदेखि काम गरेका कार्यकर्तामा पनि असन्तुष्टि देखिन्छ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यलाई पार्टीको मेरुदण्ड मानिन्छ । सदस्यता वितरणको लागि विधानमा धेरै राम्रो मापदण्ड तोकिएको कांग्रेसका कार्यकर्ता बताउँछन् । विधानविपरीत क्रियाशील सदस्यताको लागि सिफारिश गरिएपछि पार्टीभित्र असन्तुष्टिका स्वर सुन्न थालिएको छ । नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो परिमाणमा यस पटक क्रियाशील सदस्यता वितरण गरेको छ । पार्टीले सदस्यता वितरण प्रक्रियालाई संस्थागत गर्न नवीकरण, समायोजन र वडामा न्यून सदस्य संख्या भएमा केही थप गर्ने गरी शतप्रतिशत सदस्यता माग गरेको थियो । पुराना सदस्य, समायोजन तथा नवीकरणसहित थप प्रस्तावित क्रियाशील सदस्यको आवेदन केन्द्रीय समितिले अद्यावधिक गर्नुपूर्व नवीकरण छुट भएका र प्रस्तावित नाममा केही विमति भए उजुरी गर्न सकिने व्यवस्था गरेको थियो । धेरै सदस्य थपिएका कारण केन्द्रीय समितिले निर्माण गरेको क्रियाशील सदस्य छानबिन समितिले निर्धारित समयमा काम गर्न नसक्ने गरी देशका अधिकांश जिल्ला, क्षेत्र, नगर र वडामा उजुरी परेको बताइएको छ । छानबिन समितिले उजुरीमाथि छानबिन गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले प्रतिवेदन बुझाउन नपाउँदै सुन्दरहरैचामा भने प्रस्तावित क्रियाशील सदस्यले पार्टी छाडेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित