FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मोवाईल चोरी गर्ने नावालक सहित ३ पक्राउ

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३६ पटक पढिएको
    मोवाईल चोरी गर्ने नावालक सहित ३ पक्राउ

    गत साउन ८ गते बिहान २ बजेको समयमा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ४ बसपार्क रोडमा रहेको पुर्ण प्रसाद गौतमले संचालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी चोरी भएको थियो । चोरी गर्ने व्यक्रीहरु पसल भित्र प्रबेश गरी पसलमा रहेका बिभिन्न कम्पनीका मोवाईल, घडी, एम.पि.थ्रि लगायत विभिन्न वैंकहरुको चेक लगायतका अन्दाजी मुल्य रु १० लाख बराबरको सामानहरू चोरी भएको भएको थियो ।

    घटना बारे जिल्ला प्रहरी कार्यालय बाँकेबाट विशेष प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्ने क्रममा उक्त ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्समा चोरी गर्ने कार्यमा संलग्न बाँके नेपालगंज उपमहानगरपालिका वडा ९ बस्ने बर्ष २२ को सुमित शर्मा, सोही वडाका १३ मा बस्ने बर्ष १८ को नानु खटिक र १२ वर्षिया एक वालक सहित ३ जनालाई चोरीको बिभिन्न कम्पनीको मोवाईल ३६ थान , जि सोक कम्पनीको घडी थान ६ र एमपि थ्रि थान १ सहित साउन १३ गते साँझा करिब १० बजेको समयमा नियन्त्रणमा लिई लिएको छ । ३ नै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपि श्याम कृष्ण अधिकारीले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित