FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोदो दिवस

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३३ पटक पढिएको
    कोदो दिवस

    साउन १५ गतेलाई राष्ट्रिय कृषक समुह महासंघले कोदो दिवसको रुपमा मनाएको छ । धान, गहुँ र मकैपछिको चौथो खाद्यबालीका रुपमा कोदो परे पनि सरकारले कोदो खेतीलाई खासै चासो दिएको पाइदैन । कृषिको उर्वरभूमि प्लटिङ र युवाको विदेश पलायनले मुलुक कोदोमा समेत परनिर्भरता बढ्न थालेको छ । कोदो समेत विदेशबाट आयात गरेर खानुपर्ने अवस्था आएको सरकारी तथ्यांकले देखाएको छ । कुनै समय गरीबको खाद्यान्नको रुपमा हेरिने कोदो अहिले सम्पन्न वर्गको समेत खान्कीमा पर्छ । सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा ८ करोड ३ लाख रुपैयाँ बराबरको कोदो आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको थियो । पछिल्लो समय नेपालमा कोदोखेती गर्ने क्रम घट्दै गएका कारण आयात बढेको हो । नेपालमा २ लाख ६३ हजार टेक्टरमा कोदो खेती गरिने र ३ लाख १४ हजार २ सय २५ मेटिकटन कोदो उत्पादन हुने गरेको छ । पछिल्लो समय क्रमिकरुपमा कोदो खेती घट्दै गएको भन्दै राष्ट्रिय कृषक समूह महासंघले कोदो खेती तर्फ आकर्षण बढाउन कोदो दिवस मनाउन थालेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित