FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बङ्गलादेशबाट ५२ हजार मेट्रिक टन युरिया मल आइपुग्यो,अभाव नहुने कृषि सामाग्री कम्पनीको दाबी

    • कृषि टि.भी.
    • १ साल अघि
    • २१ पटक पढिएको
    बङ्गलादेशबाट ५२ हजार मेट्रिक टन युरिया मल आइपुग्यो,अभाव नहुने कृषि सामाग्री कम्पनीको दाबी

    राम मण्डल। ५२ हजार मेट्रिक टन मल बँगलादेशबाट आएपछि धान खेतीको लागि मल अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेडले दाबी गरेको छ ।सरकारदेखि सरकार जिटुजी मार्फत खरिद गरिएको ५० हजार मेट्रिक टन मल र थप २ हजार गरि कुल ५२ हजार मेट्रिक टना मल नेपाल आईपुगेपछि कम्पनीले मल अभाव नहुने दाबी गरेको हो ।सरकारले खरिद गरेको अहिले पुरै मल नेपालको वीरगञ्ज भन्सार,बिराटनगर र भैरहवा नाका भएर नेपाल भित्रि सकेको छ ।यसबर्ष समयमै मल नेपाल ल्याउन सफल भएपछि यस बर्ष धान खेतीको लागि मलको अभाव किसनाले खेप्नु नपर्ने भएको छ ।जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको कृषि सामाग्री कम्पनी लिमिटेडको प्रदेशिक वीरगञ्ज कार्यालय वीरगञ्जले जनाएको छ ।बङ्गलादेशले दिने ५० हजार मेट्रिकटन युरिया मल बाहेक थप दुई हजार मेट्रिकटन मलसमेत दिने सम्झौता भएपछि जम्मा ५२ हजार मेट्रिकटन मल केही दिनअघि नेपाल भित्रिएको हो । दुवै देशका सरकारबीच भएको सम्झौताअनुसार नेपाल सरकारले साउन महिनाभित्र सबै मल प्राप्त गरिसक्नुपर्नेमा विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भए पनि अहिले सबै मल आइसकेकाले किसानलाई मलको अभाव भोग्नु नपर्ने कृषि सामाग्री कम्पनी लिमिटेडको प्रदेशिक वीरगञ्ज कार्यालय वीरगञ्जका सुचना अधिकारी योगेन्द्र कुमार पराजुलीले जानकारी दिए।
    सरकारले यसपालि समयमै मल नेपाल ल्याएकोले अहिले धान खेतीको सिजनको लागि प्रदेशिक कार्यालय वीरगञ्जको मातहत पर्ने जिल्लाहरुका स्थानीय तहहरुलाई मल बितरण गरिरहेको पराजुलीको भनाई छ ।कोरोना सँक्रमणका कारण पर्सा लगायत देशका १८ वटा जिल्लाहरुमा मल बितरणको जिम्मा पाएको प्रदेशिक कार्यालयले अहिले सहकारीहरुको मार्फत मल बितरण गरिरहेको उनले बताए। लामो समयदेखि कृषि प्रधान देश नेपालका किसानहरुले खेतीकै सिजनको बेलामा मलको चरम अभाव भोगेर समस्यामा पर्दै आएकोले सरकारले यसपालि समयमै मल ल्याएर किसानहरुलाई खेत ीगर्न सहज बनाएको छ ।अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसानलाई यस वर्ष समयमा मल पाउँदा र चाँडै रोपाइँ शुरु हुनु तथा समयमै मल पाएकाले यस बर्ष धान खेती सप्रिन्े र उत्पादन समेत बढने बिशवास गरिएको छ ।तर, सरकारले यस बर्ष धान खेतीको लागि मात्रै नभएर गेहुँ खेती लगायतका सिजनलाई समेत ध्यानमा राखेर समयमै मलको जोहो गरे किसानहरु अझै लाभान्वित हुन्थे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित