FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ३० वर्षे सेवा अवधि पूरा गरी विदाइ भए कृषि सचिव डा. योगेन्द्रकुमार कार्की

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३५ पटक पढिएको
    ३० वर्षे सेवा अवधि पूरा गरी विदाइ भए कृषि सचिव डा. योगेन्द्रकुमार कार्की

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की आईतबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकास लिएका छन । आईतबार मन्त्रालयमा उनको औपचारिक रुपमा विदाइ समेत भएको छ । डा. कार्कीले कृषि बाली र वस्तुहरुमा आत्मनिर्भरमुखी रोडम्याप बनाइसकेका छन् । सरकारी सेवामा रहँदा कार्की एक शालिन र कुशल प्रशासकका रुपमा गनिन्थे । कृषिक्षेत्रको सुधार र विकासका निम्ति जुनसुकै नीतिगत निर्णय तथा योजना निर्माणमा उनको ठूलो भूमिका रहँदै आएको थियो । रातारात परिवर्तन नभए पनि नेपालमा आधुनिक, व्यावसायिक र गुणस्तरयुक्त कृषिको विकास भइरहेको डा. कार्कीको धारणा छ । सरकारले पछिल्लो समय पशुपन्छी र कृषि विभाग मन्त्रालय समायोजन गरेपछि काममा सहजता आएको उनको अनुभव छ । २०७७ साल मंसिर १० गते कृषि मन्त्रालयको सचिवको पद समालेका कार्कीले ४ जना कृषिमन्त्री संग काम गर्ने मौका पाएका थिए । झण्डै ८ महिने कार्यकालमा सचिव कार्कीले धानको समर्थन मूल्य र रासायनिक मल आपूर्तिमा राम्रो भूमिका खेलेका थिए । पटक–पटक मन्त्री परिवर्तन हुदा भने ठोस रुपमा कार्यक्रमहरु हुनसकेको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित