FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राष्ट्रिय सहकारी बैंक १९ औँ वर्षमा प्रवेश

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    राष्ट्रिय सहकारी बैंक १९ औँ वर्षमा प्रवेश

    सहकारीहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंक १९ औँ वर्षमा प्रवेश गरेको छ । १९ औं वार्षिकोत्सवको अवसरमा माननीय अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा सहकारी बैंक र एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीको विकाशका लागि संजालको संयुक्त आयोजनामा भर्चुअल माद्यममार्फत सहकारीमा लघुवित्त सम्मेलन २०७८ संचालन गरिएको छ। सहकारी क्षेत्रमा रहेको पुँजी, सीप र साधनलाई एकीकृत रुपमा परिचालन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यले सहकारी बैँकको स्थापना गरिएको हो । हालसम्म बैंकको ६८ वटा शाखा स्थापना भई कारोबार भइरहेको छ । देशभरका १४ हजार बढी सहकारी संघ संस्थाहरु यसमा आवद्ध छन । उक्त बैँकले चालु आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्तसम्म रु २ अर्ब ८७ करोड शेयर पुँजी सहित कुल सम्पत्ति रु ७२ अर्ब पु¥याउन सफल भएको छ । राष्ट्रिय सहकारी बैंकको १९ औं बार्षिकोत्सबको अवसरमा विभिन्न सहकारी संघसस्था साथै सरोकारवालाहरुले बैंकको पुर्ण सफलताको शुभकामना व्यक्त गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित