FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ऊनको बजार सुनिश्चित भएपछि मुस्ताङका कृषक खुसी

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३२ पटक पढिएको
    ऊनको बजार सुनिश्चित भएपछि मुस्ताङका कृषक खुसी

    |Rofªu|fsf] pmg ;Íng ul/Fb} DofUbL, @) ;fpg M d':tfªsf] nf]3]s/ bfdf]b/s'08 ufpFkflnsfsf] r/fªdf Rofªu|fsf] e'jf -pmg_ ;Íng u/]/ ahf/ k7fpg] tof/L ub}{ . g]kfn kl:dgf pBf]u ;ª\3n] r/fªdf e'jf ;Íng :yfkgf u/]/ pmgsf] ahf/ ;'lglZrttf u/]kl5 s[ifsdf v'l;ofnL 5fPsf] 5 . t:jL/ M ;Gtf]if uf}td÷ /f;;

    च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको ऊनले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ। नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको ऊन संकलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो। खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नेपाल पस्मिना उद्योग संघले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा ऊन संकलन केन्द्र स्थापना गरेको जनाएको छ। संघका अध्यक्ष धनप्रसाद लामिछानेले मंगोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै ऊन प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए।

    “स्वदेशी ऊन प्रशोधन गर्न काठमाडौंमा नेपाल फाइबर प्रोसेसिङ उद्योग खोलेका छौँ‚” उनले भने, “पहिलो पटक मुस्ताङमा संकलन केन्द्र खोलेर ९० लाख रुपैयाँ मूल्य बराबरको दुई हजार किलोग्राम ऊन खरिद गरिसकेका छौं।”

    लामिछानेको नेतृत्वमा संघका उत्सव खनाल, बिजु शाक्य, भीम शेरचन र इन्जिनियर विवेकानन्द मिश्रको टोली दामोदरकुण्ड लोघेकर तथा लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र च्याङ्ग्रापालक कृषकहरुसँग अन्तरक्रियाका साथै ऊनको सम्भाव्यता अध्ययन गरेर मंगलबार काठमाडौं फर्किएको हो।

    मनाङमा ऊनको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधि पठाएको संघले लगत्तै डोल्पा, मुगु, हुम्लालगायत जिल्लामा जाने जनाएको छ। नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थका रूपमा प्रयोग हुन्छ।

    नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने ऊनको धागो आयात हुन्छ। पस्मिना उद्योगीसमेत रहेका इन्जिनियर मिश्रले मुस्ताङको ऊन प्रशोधन गर्न सकेमा ३० प्रतिशत ऊनको धागो आयात घटाउन सकिने बताए।

    “परम्परागत र अव्यस्थितरूपमा संकलन गरिएको मुस्ताङको ऊन प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ”, उनले भने, “च्याङ्ग्रापालन र ऊन संकलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने गुणस्तर बढाउन सकिन्छ।”

    बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले ऊन निकाल्ने गरेका छैनन्। शरीरबाटै झरेर खेर जाने गरेको थियो। तीस प्रतिशत ऊन संकलन गरे पनि बजार नपाउने समस्या थियो। तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन सटही गरेर लैजान्थे।

    कोरोनाका कारणले पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन बिक्री हुन सकेको थिएन। लोमान्थाङका ट्यासी बिष्टले खेर गइरहेको ऊनले उचित मूल्य र बजार पाएकामा खुसी व्यक्त गरे। लोमान्थाङका कृषकहरुको ऊन बजारीकरण गर्न त्यहाँ अर्को संकलन केन्द्र बनाउने तयारी भएको छ। कृषकले केन्द्रमा ल्याउने ऊन संकलन गरेर संघले खरिद गरी काठमाडौं लैजाने सम्झौता भएको छ।

    प्रतिकिलो अप्रशोधित ऊन सरदर चार हजार ५०० रुपैयाँमा खरिद गर्ने संघले जनाएको छ। वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट ऊन निकाल्ने याम हो। मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ। पस्मिना उद्योगी खनालले च्याङ्ग्राको संख्या बढाउन, हिउँदमा आहाराको व्यवस्थापनका लागि घाँस खेती, भण्डारण र महामारीबाट बचाउन खोपको व्यवस्थापन गर्नुपर्ने बताए।

    च्याङ्ग्राको ऊन पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो। भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको ऊनलाई गुणस्तरीय मानिएको छ। मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन्।

    यसैबीच उपल्लो मुस्ताङका कृषकहरुले विश्व बैंकको सहयोगमा नेपाललाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना (एनएलएसआइपी)को अव्यावहारिक कार्यविधिका कारण सो परियोजनाको सुविधाबाट बञ्चित भएको गुनासो गरेका छन्। हिमाली क्षेत्रका च्याङ्ग्रापालक कृषकहरुलाई समेट्ने गरी कार्यविधि संशोधन गर्नुपर्ने चराङका कृषक पासाङ बिष्टले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित