
- Loading...
सुन्दरहरैंचा नगरपालिकामा १ करोड लगानीमा प्रविधियुक्त अटोमेटिक कारवास सञ्चालन
- कृषि टि.भी.
- २ साल अघि
- ४० पटक पढिएको


एलएन गच्छदार। मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ सलकपुरमा १५ जना युवा मिलेर अटोमेटिक कार वास सेन्टरको सुरुवात गरेका छन् । १ करोड लगानीमा सिंगल ग्रुप प्रा.लि नामक कम्पनी खोलेर सेवाग्राहीलाई आधुनिक ढंगले सेवा दिनका लागि नयाँ प्रबिधियुक्त अटोमेटिक कार वास बिकास गरेका छन् । हिजो बुधबार नगर प्रमुख शिव प्रसाद ढकालले सो कार वासको उदघाटन गर्दै नगर बिकास र रोजगारीमा समेत टेवा पुग्ने बताए । नयाँ प्रविधिको उच्चतम प्रयोग गरि युवाहरुले गरेको कामको समेत प्रशंसा गरेका छन् । सिंगल ग्रुप प्रालिले अत्याधुनिक किसिमले आफै वास गर्ने प्रबिधिको मेसिन भने भारतको तमिलनाडूबाट ल्याएका हुन् ।


अटोमेटिक कार वास ब्यबसाय नगरमा पहिलो हो । कार वास गर्न र कारको सामान लिन बिराटनगर धरान, इटहरी पुग्नु पर्ने बाध्यता अब हटेको र आफ्नै ठाउँमा यस किसिमको प्रविधिको बिकास गरि ब्यबसायिक सफलताका लागि समेत अघि बढ्नुपर्नेमा सुन्दरहरैंचा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज चापागाईंले जोड दिए । यस्तै प्रदेश १ मै पहिलो पटक नयाँ प्रबिधि, अटोमेटिक कार वास सञ्चालनमा ल्याएको कम्पनीले दाबि गरेको छ । पानी, स्याम्फु कारले आफै हाल्ने र सफा गर्ने फरक किसिमको रहेको कम्पनीका संचालक तथा इन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।

कम्पनीद्धारा कार वास संगै मोटरसाइकलको सर्भिस र सवारीका पार्ट्स समेत उपलब्ध हुने छ । २ र ४ मिनेटमै हुने कामका लागी ४ र ५ घन्टासम्म कुर्नुपर्ने भएपछि युवाहरुले नयाँ सोच र योजनाका साथ छिटो छरितो सर्भिस दिने वासिङ सेन्टर सञ्चालन गरेका हुन् ।

