FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपालको सडकमा पाँच शय विद्युतीय वस गुडाउने सम्झौता

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    नेपालको सडकमा पाँच शय विद्युतीय वस गुडाउने सम्झौता

    बुटवल। सुन्दर ट्रेडर्स प्रालि र काशिस ई मोविलिटी प्रालि नयाँदिल्लीका वीच विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्नेसम्वन्धी आज एक सम्झौता भएको छ । जस अनुसार काशिसले विद्युतीय सवारी साधनको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ भने सुन्ँदर यातायातले सञ्चालनको जिम्मा लिएको छ ।
    उक्त सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा र काशिसको तर्फवाट प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले हस्ताक्षर गर्नु भएको छ । नेपालमा पहिलोपटक विद्यतीय सार्वजनिक सवारी चलाउने सस्था सुन्दर ट्रेडर्सको भगिनी सस्था सुन्दर यातायात हो । जसले अहिले पनि संघीय राजधानीमा विद्युतीय सवारी चलाईरहेको छ ।
    नेपालका मुख्य शहरहरुमा विद्युतीय सवारी साधन चलाउने गरी भएको सम्झौता अनुसार दुई वर्षमा पाँच शय साधनहरु चल्नेछन् । यसका साथै एक वर्षभित्र नेपाली ब्राण्डका विद्युतीय वसहरु वजारमा गुडाइने छ ।
    काशिसले जर्मन प्रविधियुक्त युरा वस आपूर्ति गर्नेछ । त्यसरी ल्याइने साधनको भुक्तानी अवधि ८ वर्षको हुनेछ भने सो को ग्यारेन्टी नेपाल सरकार वा वित्तिय सस्थाले गर्नेछन् । सो समयभित्र रहने गरी प्रत्येक महिना किस्तावापतको रकम भुक्तान हुँदै जाने कुरा सम्झौतामा उल्लेख छ ।

    सम्झौता भएको ६० दिनभित्र २० वटा वस नेपाल आइपुग्नेछन् । पहिलो पटक ल्याइने वसहरु तयार भएका ल्याइने भएपनि बाँकी ८० वटा वसको चेसिस र थप ४ शय सैनामैनामै एसेम्वल भएका वसहरु उपलब्ध गराइने छ ।
    उपर्युक्त गाडीहरुलाई चाहिने चार्जिङ्ग पोटहरु काशिसलेनै उपलब्ध गराउनेछ । त्यस्तै जनशक्तिलाई चाहिने तालिम र प्राविधिक सहयोग पनि उसले उपलब्ध गराउने छ ।
    आज विहान आयोजित पत्रकार सम्मेलनमा उपर्युक्त सम्झौतामा हस्ताक्षर गर्दै सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाले दुई वर्षदेखि निरन्तर लागेपछि दुवै पक्ष एसेम्वल प्लान्ट राख्न सहमत भएको जानकारी गराउँदै कोरोनाका कारण ढिला भएपनि अवको एक वर्षभित्र नेपालवाटै उत्पादन हुने विश्वास ब्यक्त गर्नुभयो ।
    एसेम्वल प्लान्टको डीपीआर ८० प्रतिशत तयार भइसकेकोले अव छिटै टेण्डर प्रक्रियामा जाने कुरा थापाले वताउनुभयो ।
    एसेम्वल प्लान्टमा पहिलो चरणमा तीन अर्ब ६० करोड रुपियाँ लगानी गरिने छ भने दोश्रो चरणमा २ अर्व ४० करोड र पूर्ण रुपमा कम्पनी सञ्चालनमा आउँदा ८ अर्व ५० करोड देखि ९ अर्वसम्म लगानी हुनेछ ।
    त्यस्तै काशिस ई मोविलिटीका प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले दुई दिनसम्म नेपालका मन्त्री, सचिव तथा स्थानीय सरकारका प्रमुखहरुसंग भेट्दा आफुहरु अत्यन्तै उत्साहित भएको जानकारी गराउँदै विद्युतीय सवारी साधनहरु वातावरणमैत्री हुनुका साथै पेट्रोलियम पदार्थको आयातलाई घटाई आफ्नै देशमा उत्पादित विद्युतको प्रयोगमा वढोत्तरी हुने विश्वास ब्यक्त गर्नुभयो ।
    सुन्दर ट्र«ेडर्स प्रालिका संचालक डी.आर. घिमिरेले नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको वातावरण मैत्री विद्युतीय सवारी साधनहरु निकट भविष्यमै रुपन्देहीलगायत लुम्विनी प्रदेशका शहरमा देख्न र प्रयोग गर्न सकिने अवस्था आएको वताउनुभयो ।
    सुन्दर ट्र«ेडर्स प्रालिले यस अघिनै सैनामैना नगरपालिकामा करिव ९ विगाहा जग्गा लिजमा लिने सम्झौता गरिसकेको छ । परियोजना सञ्चालनमा आएपछि स्थानीय तहमा जनशक्ति उत्पादन गर्ने उद्वेश्यले वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङमा निशुल्क उच्च शिक्षा प्रदान गर्न चिनमा पठाइने छ । त्यसवाहेक पनि छोंटो अवधिको तालिम प्रदान गरेर जनशक्ति उत्पादन गर्दै लगिने छ ।

    नेपाल सरकारले विद्युतीय गाडीलाई उच्च प्राथमिकता दिने नीति अनुरुप चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्ने नीति लिनुका साथै २०८८ सालसम्म पेट्रोलियम पदार्यवाट चल्ने हलुका सवारी साधनलाई विस्थापित गर्ने नीति लिएको छ ।
    चीनबाट गाडीका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा कम्तिमा २० देखि २२ लाख रुपियाँ सस्तो पर्ने, पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यताको अन्त्य हुने, पेट्रोलियम पदार्थको आयातमा कमी भई ब्यापार घाटामा कमी आउने, वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नियन्त्रण गर्न र स्वच्छ एवं वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने र पर्याप्त रोजगारी सृजना हुने भएकोले यो परियोजना अत्यन्तै लाभग्राही रहेको विश्वास गरिएको छ । यस प्लान्टवाट करिव ३ शय जनाले रोजगारीको अवसर पाउनेछन् ।
    चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनीयरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्न लागिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित