FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानहरुलाई सामान्य प्राविधिक ज्ञान नहुँदा लाखौ क्षति व्योहोर्न बाध्य

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    किसानहरुलाई सामान्य प्राविधिक ज्ञान नहुँदा लाखौ क्षति व्योहोर्न बाध्य

    जे वि शाह। कतिपय किसानलाई आफुले लगाएको वाली तथा पशुपंक्षिमा देखिएको समस्या नियन्त्रण गर्न सामान्य प्राविधिक ज्ञान पनि नहुँदा बर्षेनी लाखौ क्षति व्योहोर्नु परेको छ । कुन समयमा कुन रोग लाग्छ, विषादी कतिमात्रामा कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी नहुँदा अरु जान्नेमान्नेकै भर पर्नुपर्ने छ । समय अनुसार रोग किरा नियन्त्रण गर्न नसक्दा किसानले सोचे जति आम्दानी लिन सकिरहेका छैनन ।

    भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ९ का कुल बहादुर नेङवाफुकी सहकारीकर्मी हुन । उनी विभिन्न समुह तथा सहकारीमा आवद्ध भएर ्भक्तपुरका किसानको कृषि पेशामा देखिएका समस्याहरु स्थानीय तहसम्म पु¥याउने काम गर्नुृहुन्छ । परम्परादेखि कृषिलाई मुख्य आयआर्जनको रुपमा लिदै आएका किसान होस या नयाँ योजना बोकेर कृषिमा लागेका युवा होस्, कृषिलाइ उत्पादनमुखी बनाउन, मनग्य आम्दानी लिन र गुणस्तरीय उत्पादनका लागि किसानमा पनि प्राविधिक ज्ञान हुन आवश्यक रहेको उनको भनाइ छ । तर कतिपय किसानमा त्यो ज्ञान नहुँदा बर्षेनी लाखौ क्षति व्योहोर्नु परेकोले स्थानीय तहले किसानलाई प्राविधिक ज्ञान पनि दिन आवश्यक रहेको उनले बताए ।स्थानीय सरकार सञ्चालन ऐनमा प्रत्येक स्थानीय तहमा अनिवार्य एकजना कृषि प्राविधिक हुनुपर्ने व्यवस्था छ । कतिपय स्थानीय तहले वडामा समेत कृषि प्राविधिकको व्यवस्था गरेका छन भने कतिपय स्थानीय तहमा त्यो व्यवस्था हुन सकेको छैन । र, भएका स्थानीय तहका कृषि प्राविधिकहरु पनि कम सङख्यामा रहेका कारण एउटै प्राविधिकको भरमा बस्नुपर्ने बाध्यता छ । किसानले आफ्नो समस्या राखेपनि समयमै काम नहुने हुँदा स्थानीय तहसमक्ष समस्या राख्ने कि नराख्ने भन्नेमा किसान अन्योलमा परेको नेङवाफुकीको भनाइ छ ।
    स्थानीय तहका वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्ने मध्येको एक विषय कृषि पनि हो । कृषिमा अनुदान, कृषि पकेट क्षेत्र, कृषि औजार वितरण लगायतका कार्यक्रमहरु प्रत्येक वर्ष स्थानीय तहमार्फत सञ्चालन हुन्छन । यस्तै कृषकहरुलाई प्रभावकारी रुपमा प्राविधिक ज्ञान पनि दिने हो भने एउटै प्राविधिकको भर परेर बस्नुपर्ने अवस्था को अन्त्य हुने थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित