FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकारी फार्ममै दाना उत्पादन हुदा किसान हर्षित

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    सरकारी फार्ममै दाना उत्पादन हुदा किसान हर्षित

    खजुरास्थित कुखुरा विकास फार्मले आफैं दाना उत्पादन उद्योग स्थापना गरेको छ । कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको  भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ ।

    सो कार्यका लागि हालसम्म रु एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शङ्कर न्यौपानेले जानकारी दिए । उनका अनुसार भवनका लागि रु ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रु ६४ लाख जति खर्च भएकोे छ । 

     उद्योगबाट प्रतिघण्टा छ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका  कुखुरालाई खुवाउन र

    सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरिद गरेर लैजाने किसानलाई सहुलियत दरमा बिक्री गरिने उनले बताए ।

    उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो दश रुपैया  सस्तोमा किसानलाई बिक्री गरिने लक्ष्य रहेको फार्मले जनाएको छ ।सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित