- Loading...
कृषि सचिवमा डा. गोविन्दप्रसाद शर्मा नियुक्त
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषितर्फको सचिवमा डा.गोविन्दप्रसाद शर्मालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शर्मालाई कृषि सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई कृषि सचिवमा पदस्थापना गरिएको जानकारी दिए। नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको २०७८ साउन २४को सिफारिस अनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव कृषि पदमा पदस्थापना गरिएको हो। शर्मा यसअघि कृषि विभागका महानिर्देशक थिए। कृषि सचिवमा रहेका डा. योगेन्द्रकुमार कार्कीले सेवा अवधि पूरा गरेर अवकाश पाएका थिए। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले डा.निरु दाहाल पाण्डे, दीपक खराल र डा.शर्माको नाम सिफारिस गरेको थियो ।


