FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन

    कोरोना भाइरसका कारणले वरिष्ठ धानबाली विज्ञ भोलामान सिंह बस्नेतको शनिबार बिहान निधन भएको छ । केही दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि उनी ओम अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनलाई कोभिड पोजेटिभ देखिएपछि थप उपचार भइरहेको थियो । तर, शनिबार बिहान अचानक उनको निधन भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्‍याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) को अनुसन्धानमा संलग्न थिए । धान उत्पादन सम्वन्धि अध्ययन र अनुसन्धानमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको योगदान रहेको थियो ।उनको शनिबार काठमाडौंको ओम अस्पतालमा निधन भएको परिवारले जनाएको छ । बस्नेतका दुई छोरी र एक श्रीमती छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित