FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना कहरपछि बन्द भएका हाटबजार संचालनमा नआउँदा बर्दियाका कृषक मारमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३४ पटक पढिएको
    कोरोना कहरपछि बन्द भएका हाटबजार संचालनमा नआउँदा बर्दियाका कृषक मारमा

    शिवा शार्मा, बर्दिया । दोस्रो लहरको कोरोना कहरसँगै बन्द भएको बर्दिया जिल्लाका हाटबजार अहिलेसम्म पन खुल्न सकेका छैनन् । हाटबजार नखुल्दा किसानहरु आफना उत्पादित कृषि उपज सडक पेटीमा बसेर बेच्न बाध्य छन्

    बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा रहेको सुविधा सम्पन्न कृषि हाटबाजार कोरोना कहरको दोस्रो लहर सुरु भएसँगै २०७८ बैशाख १४ गतेदेखि बन्द छ । हाटबजार बन्दभएपनि कृषकहरुले उत्पादित हरियो सागसब्जी र तरकारी गुलरिया बजार ल्याउन भने छाडेका छैनन् । कोरोना कहर भन्दा अघि हाटबजार हप्तामा २ पटक संचालन हुन्थ्यो । हप्तामा २ पटक आफनो उत्पादन लिएर हाटबजार आउने कृषक आजभोली दैनिकी आफनो उत्पादन लिएर आउने गरेका छन् र बजार भित्र बाटोको छेउछाउमा बसेर विक्री गर्छन् । बाटोमा बसेर तरकारी बेच्दा एकातर्फ सवारी आवगमनमा समस्या भएको छ अर्कोतर्फ स्वास्थ्य मापदण्ड पालन नगर्दा कोरोना जोखिम बढेको छ ।

    गुलरियाका कुलराम थारुको खेतबारीमा दैनिक एक क्विन्टल भन्दा बढी तरकारी उत्पादन हुन्छ । कोरोना कहरपछि उनी सडकको छेउमा बसेर तरकारी बेच्दै आएका छन् । हाटबजार संचालन नहुदाँ तरकारी विक्रीमा समस्या भएको उनको गुनासो छ ।

    हाटबजार संचालनको विषयमा जिल्ला प्रशसान कार्यालयसँग समन्वय भैरहेको गुलरिया नगरपालिकाले जनाएको छ । सबै गाईड लाइनहरु जिल्ला प्रशासनले जारी गर्ने हुदाँ हाटबजार नगरपालिकाको मातहातमा रहेता पनि जिल्ला प्रशासन कार्यालयको अनुमती बिना संचालन गर्न नसकिने र हाटबजार नियमित संचालन होस भनि जिल्ला प्रशासन कार्यालय बर्दियासंग हाल समन्वय भै रहेको नगरपालिकाले जनाएको हो ।

    किसानहरुले छिटो भन्दा छिटो हाटबजार संचालनमा ल्याउन माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित