- Loading...
किसानहरुलाई ३३ लाखको कृषि औजार वितरण
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको

|????????????????????????????????????

कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो । कार्यालयबाट ३२ थ्रेसर मेशिन, २२ हाते ट्र्याक्टर, अठत्तर सेट कटिङ मेशिन, दुई पावर ट्रिलर र दुई लिप्ट पम्पसेटसहितका आजौर वितरण गरिएको कृषि कार्यालयले जनाएको छ । खनजोतका लागि सजिलो गराउन किसानहरुलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । जुम्लामा उत्पादन हुने स्याउ बिक्री गरेर बचेमा चाना बनाउने उपकरण पनि किसानहरुलाई हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास र सिँचाइको सुविधा उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना कार्यालयबाट निर्माण हुने कार्यालयले जनाएको छ ।


