
- Loading...
कोरोना कहरपछि फेरियो पंडित धनश्याम भुषालको दैनिक, जुटे कृषि कर्ममा
- कृषि टि.भी.
- १ साल अघि
- १८ पटक पढिएको



एल एन गच्छदार, झापा । विश्व महामारीको रुपमा गतबर्ष देखि फैलिएको कोरोना भाइरसका कारण धेरैको रोजगारी गुम्यो । रोजगारीबाट आम्दानीको स्रोत बन्दभएपछि दैनिकि चलाउँन धेरै मानिहरु बैकल्पिक पेश व्यवसाय गर्न थाले । झापा दमकका पंडित धनश्याम भुषालको अवस्था पनि कोरोनापछि बदलिएको छ । पुराण वाचन गरेर मासिक हजारौं कमाउँदै आएका भुषाल कोरोना कहरपछि भने व्यवसायिक गाई बाख्रा पालनमा लागेका छन् ।
गत वर्ष देखि सुरु भएको कोरोना कहरका कारण नेपाली बजारमा परेको प्रभावका कारण धेरैको रोजगारी गुम्यो । भने, धेरै मानिसहरु वैकल्किप पेशा व्यवसाय सञ्चालन गर्न थाले । झापाको दमकका पुराण वाचक गर्ने पंडित धनश्याम ढकाल कोरोना कहरकै कारण लकडाउन हुन थालेपछि गत साल देखि कृषि फार्म सञ्चालन गर्न थालेका छन । दमक ३ का घनश्याम ढकाल २०५४ साल देखि पुराण वाचन गर्दै आएको भएपनि कोरोनाले गर्दा लकडाउन हुन थालेको तथा धेरै मानिसहरु जम्मा हुने गरी पुराण लगाउने वातारण हुन छोडेपछि कृषि फार्म सञ्चालन गर्न थालेको वताउँछन् । कोरोना कहरपछि ढकालले कृषि फार्म र गारमेन्ट उद्योग सञ्चालन गरेका छन् । व्यवसायिक रुपमा शान्ता कृषि फार्म र बसन्ती गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएपछि केही मानिसहरुले रोजगारी समेत पाएका छन् ।
फार्ममा गाई, बाख्रा, पाडा पालन गरीएको ढकाले बताए । विस्तारै फार्ममा गाई, बाख्रा थप्ने योजना राखिएको फार्मका अर्का सञ्चालक खगेन्द्र प्रसाद भट्टराई बताए । केही बर्ष बैदेशिक रोजगारीमा गएर आएका भट्टराई आफनै देशमा केही गरौं भनेर कृषि फार्म सञ्चालनमा ल्याएको बताउँछन् । गाई ,वाख्रा, पाडा पालन सँगै च्याउ ,कुरियो र धान खेती समेत लगाउदै आएको उनको भनाई छ ।
कोरोना कहरका कारण ढकाल र भट्टराई मात्र नभएर धेरै मानिसहरुको पछिल्लो समयमा व्यवासायिक रुपमा कृषि तथा पशुपालन गर्न थालेका छन् ।

