- Loading...
पुर्वी नेपालमै पहिलो पटक कालिज फर्म सञ्चालन गर्दै युवा किसान हरि भट्टराई
- कृषि टि.भी.
- १ साल अघि
- १३ पटक पढिएको


बिदेशी भुमिमा काम गर्नु भन्दा आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन मोरंग केराबारीका हरि भट्टराई । एग्रो टुरिजमको अध्ययन संगै भट्टराईले कालिज पालन ब्यबसाय सुरु गरेका छन। पुर्वी नेपालमै पहिलो पटक उनले कालिज पालन सुरु गरेका हुन्।

बिदेशी भुमिमा काम गर्नु भन्दा आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन मोरंग केराबारी (६ का हरि भट्टराई । एग्रो टुरिजमको अध्ययन संगै नेपालमा हरिले कालिज पालन ब्यबसाय सुरु गरेका छन। यो भने पुर्वी नेपालमै पहिलो हो। उनको कालिज फर्ममा कालिजको स्वाद खान आउनेको चहलपहल देखिए पनि अहिले कोभिड १९ ले त्यति देख्न सकिँदैन। उनको २ बिघामा कालिज, टर्की बटाइ लोकल कुखुरा बाख्रापालन संगै फ्रम भित्र नै रेष्टुरेन्ट संचालनमा समेत ल्याएका छ्न। विशेष उनको फर्ममा कालिज नै छन। ४ हजार कालिज पालेका उनले यो ब्यबसाय भने पढाइको सिलसिलामा अरुकै फर्म हेरेर कालिज पनि हुँदा रहेछ भनेर त्यहाको प्रेरणाबाट अभिप्रेरित भएका हुन। फ्रान्सबाट अण्डा झिकाएर उनले यो ब्यबसायको थालनी गरेका हुन्।
अहिले भने यसको बजार मूल्य १ कालिज बराबर ४ हजारमा बेच्छन। ४५ लाख भन्दा बढी लगानीबाट सुरु गरेको यो ब्यबसायमा आफू र दाजु सहित ५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन। कालिज पालनबाट आफू संतुष्ट रहेको र बजारमा बेच्नको लागि होइन फर्ममै किन्ने ब्यक्तीलाई पुर्याउन नसकेको बताउछ्न।फर्म भित्र उनकों आफ्नै रेष्टुरेन्ट छ कालिजको स्वाद चाख्न उनको फर्मं आउने गर्दछन। कुखुरा बेच्न बजार पुर्याउनु पर्ने तर कालिजको माग भने पुर्याउन नसकेको बताउछन।
कालिजको चल्ला समेत आफै उत्पादनगरि बेच्ने गर्दछन। राज्यले कृषि कर्म गर्नेको लागि कृषि कार्यक्रम ल्याए पनि आफू कुनै पनि आफु कुनै पनि अनुदान अहिले सम्म न पाएको बताउँछन । अनुदान नपाएपनी उनी अनुदानमा भन्दा पनि आफ्नो कर्ममा बिश्वास गर्छन। तर कालिजमा बिमा नीति नल्याउदा उनको दुखेसो छ।
सरकारले वन जंगलमा पाइने स्थानीय जातको कालिजको शिकार गर्न र पाल्नसमेत नपाइने भने पनि विदेशी जात र नश्लका कालिज प्रजातीलाई पाल्न अनुमति दिने गरेको छ । यसैअनुसा
र चिनियाँ रिङनेट जातको कालिज पालन शुरु गरिएको हो । कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज व्यवसाय राम्रो हुने तथा उत्पादित कालिजको मासुको स्वादसमेत राम्रो र आमदानीको हिसाबले समेत राम्रो हुने भएकाले हरि अग्रिक्लाचार लाइभ स्टक सेन्टर प्रालिको नामले सञ्चालनमा ल्याइएको हो । भर्खर २ बर्ष देखि संचालनमा ल्याएको यस किसिम ब्यबसाय पुर्वमा पहिलो नै हो। नेपालमै यस्ता युवाहरुले गरेको उदाहरणीय कामबाट अरुले समेत पाठ सिक्नु पर्ने जरुरि देखिन्छ।

