FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उखु किसानले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराइदिन किसान संगठनहरुको सरकारसँग माग

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    उखु किसानले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराइदिन किसान संगठनहरुको सरकारसँग माग

    काठमाडौं । विभिन्न ६ वटा किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका छन् । उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुको चेतावनी छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिले नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त वक्तव्य जारी गर्दै किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौं झुलाएर राख्ने उद्योग, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि यो राष्ट्रिय लज्जाको विषय भएको उनीहरुले बताएका छन् । यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो तर आफ्नो वचन पूरा नगरेको वक्तव्यमा उल्लेख गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित