- Loading...
खोकनामा नौँ जना युवाः सामुहिक रुपमा भैँसि पालन गर्दे
- कृषि टि.भी.
- २ साल अघि
- ३१ पटक पढिएको


काठमाडौं । युवाहरु मिलेर सामुहिक रुपमा भैँसि पालन गर्दै आएका छन्। खोकना एग्रो फर्म दर्ता गरेर व्यवसायिक रुपमा युवाहरुले भैँसि पालन सुरु गरेका हुन्। कुल ३५ वटा भैँसिबाट उनिहरुले दैनिक एक सयदेखि एकसय बिस लिटरस्म्म दुध उत्पादन गरिरहेका छन् ।

ललितपुरको खोकनामा घर भएका श्यामकृष्ण डंगोल घरजग्गा भाडाबाट मात्र हैन आफनै खेतबारिमा कृषि कार्य गरेर राम्रो आम्दानी लिइरहेका छन । उनले बिगत एक बर्षदेखि व्यवसायिक रुपमा भैँसि पाल्दै आएका छन । उनी कृषक मात्र हैन भेटनरि प्राविधिक पनि हुन । उनी सहित नौँ जना मिलेर खोकना एग्रो फर्म दर्ता गरेर व्यवसायिक रुपमा भैँसि पालन सुरु गरेका हुन । माउ भैँसि १९ वटा र पाडापाडि १६ वटा गरि फार्ममा ३५ वटा भैँसि छन । हालसम्म ४० देखि ४५ लाख लाखसम्म लगानी पुगोको छ । भैसीँको दुध उत्पादन राम्रो भएकाले आफ्नो समुहका सबै साथीहरु खुसि रहेको डंगोल बताउछन । अहिले उनको फामबाट दैनिक एक सयदेखि एकसय बिस लिटरस्म्म दुध उत्पादन हुन्छ । उत्पादन भएको दुध सोझै डेरिमा बेच्दा राम्रो भाउ नआउने भएकाले उनीहरु खोकना बुंमति र भैँसेपाटिका बासिन्दाहरुलाइ घरमै लगेर बेच्छन । बाबुआमाले परम्परागत तरिकाबाट सिमित ठाउँमा लोकल जातका गाइहरु पाल्ने गरेका थिए भने आफुहरुले अहिले आधुनिक तरिकाबाट व्यवसायिक रुपमा उन्नत जातका भैँसी पालेको र आम्दानी पनि राम्रो भएको डंगोलको भनाइ छ ।
एकलौटि रुपमा भन्दा सामुहिक रुपमा कृषि पेशामा लाग्दा राम्रो हुने उनी सुझाउँछन । तर व्यवस्थापनको पाटो राम्रो भएमा मात्रै समुहमा काम गर्न सकिने उनको बुझाइ छ । उनका फार्ममा अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १५ जनाले रोजगारि पाएका छन । यहाँको पुँजि यहिँ लगानि गरि स्वस्थ्य दुग्ध पदार्थ यहाँकै स्थानियलाइ उपलब्ध गराउने उद्देश्यले भौसी पालन शुरु गरेको र त्यो उद्देश्य पुरा गर्न सफल भएको बताउँछन । भैसी पालन गर्दा रोग लाग्न नदिनका लागि समयमै भ्याक्सिन ताथ खोप लागाउने, प्रत्येक एक महिनामा भेटनरि प्रबिधिकलाइ देखाउने जस्ता कुरामा ध्यान दिन अन्य भैसीपालक किसानलाइृ उनको सुझाव छ ।
।
युवाहरुलाइ कृषिमा लाग्न प्रेरित गर्नका लागि सरकारले सहुलियत दरमा बिना धितो ऋण दिने भनेको भएता पनि उनीहरुले एक रुपैँया ऋण पाएका छैनन । कृषि काम गर्ने वास्तबिक किसानको पहिचान गरेर सरकारले यस्तो समस्याको समाधान गर्नुपर्ने श्याकृष्ण डंगोल बताउँछन ।

