- Loading...
काभ्रेको पनौतीमा पनि बँदेल आतंकः अधिकासं किसानले लगाएको मकैबाली नष्ट
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


काभ्रेको पनौती नगरपालिका–१ ओखरबोटमा पनि बँदेलले आन्तक मच्चाएको छ । बँदेलले त्यहाँका अधिकासं किसानले लगाएको मकैबाली सखाप बनाएको छ । बन नजिक रहेका सबै बारीका मकै बँदेलले नष्ट गरेको छ । किसानहरुलाई जङगली जनावरका कारण बाली जोगाउन मुश्किल परेको छ । पनौती नगरपालिकाको वडा नं १, २, ३ र ५ का बासिन्दाले वन्यजन्तुबाट भएको क्षति व्यहोर्नुपरेको छ । स्थानीय किसानका अनुसार दिउँसैपनि बँदेलले मकै खाइदिएको छ । अन्नबाली जोगाउन केही स्थानका किसानहरु रातभर आलोपाले गरेर कुरुवा बसेपछि बँदेलले मकै बाली नष्ट गर्न छाडेको छैन । गत साउनको अन्तिम साता मण्डनदेउपुर नगरपालिका –१ नगरकोटस्थित हलेदेमा बँदेलले सयौँ रोपनी बारीको मकै सखाप पारेकाले जोगाउन रातभर आलोपालो कुरुवा बसेका थिए । पीडित किसानले बँदेल नियन्त्रणका लागि नगरपालिका जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा जानकारी गराउनाका साथै बाली जोगाउन पनि माग गरेका छन् । यता, नगरपालिका पनि क्षतिपूर्ति दिलाउन र वन्यजन्तुको अतिक्रमण रोक्नका लागि सरोकारवाला निकायसँग छलफल भैरहेको बताएको छ । अहिले नमोबुद्ध नगरपालिकाका साथै तेमाल, रोशी, भुम्ल र चौंरीदेउराली गाउँपालिकामा पनि वन्यजन्तुले क्षति पु¥याएको छ ।


