- Loading...
अख्तियारले मार्यो डिडिसि र खाद्य विभागमा छापा
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


काठमाडौं । म्याद नाघेको बटर बिक्री वितरण गरेर खाद्य ऐन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको डीडीसीको कागजातहरु अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र दुग्ध विकास संस्थान(डीडीसी)को कार्यालयमा छापा मार्दै कागजातहरू नियन्त्रणमा लिएको हो । डीडीसीले लेबलमा आठ महिना अघि नै उपभोग गरी सक्ने भनिएको बटरलाई प्रशोधन गरी घ्यू बनाएर बेचेको थियो । सोही विषयमा पटक पटक अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐन बमोजिम तत्काल म्याद नाघेका खाद्य वस्तु नष्ट गर्ने वा गुणस्तर प्रयोगशाला जाँच गर्नुपर्ने र जाँच रिपोर्ट प्राप्त नहुन्जेलका लागि सिल गरी रोक्का राख्नु पर्ने कानुनी प्रावधान थियो । तर, विभागले सो नगरी ऐनको दफा ५ को उपदफा १ अनुसार अदालतमा मुद्दा चलाउनु पर्नेमा मुद्दालाई फितलो बनाउन दफा ५ को उपदफा २ अनुसार कम सजाय हुने गरी मुद्दा जिल्ला प्रशासन कार्यालयमा चलाएसँगै अख्तियारले यो विषयमा चाँसो देखाएको थियो । गत असोज २७ मा काठमाडौँ महानगरपालिका र उपभोक्ता अधिकारवादी सहभागी टोलीले गरेको अनुगमनमा बालाजु प्लान्टमा एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा फेला परेको थियो ।।


