FLASH NEWS
- Loading...
अर्थमन्त्री जनार्दन शार्मालाई बुझायो बाख्रा पालक महासंघले ज्ञापन पत्र
- कृषि टि.भी.
- २ साल अघि
- ४३ पटक पढिएको


काठमाडौं । नेपाल व्यावसायिक बाख्रा पालक महासंघले अर्थमन्त्री जनार्दन शर्मालाई ११ बुद्धे ज्ञापन पत्र बुझाएको छ । बिमाको प्रिमियम शुल्कको अनुदान १०० प्रतिशत हुने व्यवस्था लगायतका विभिन्न माग राख्दै अर्थमन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको हो । कृषि लोन १ प्रतिशतमा दिने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ । भने प्रत्येक स्थानीय तहमा उपकरण सहित पशु चिकित्सक र पशु सेवा केन्द्रको स्थापना गर्न पनि माग गरेको छ । महासंघले बाखापालन व्यवसायमा प्रयोग हुने उपकरणहरू अनुदानमा दिने व्यवस्था गर्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरेको छ । सरकारले दिँदै आइरहेको अनुदान वास्तविक किसानहरूले नपाएको र पहुँचवालाहरूले मात्र पाएको भन्दै वास्तविक किसान पहिचान गरेर मात्र अनुदान दिनुपर्ने माग महासंघको छ ।।


प्रतिक्रिया दिनुहोस
