FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि यान्त्रिक सामग्री वितरण

    • कृषि टि.भी.
    • १ साल अघि
    • १७ पटक पढिएको
    कृषि यान्त्रिक सामग्री वितरण

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चक्लाबन्दी खेती कार्यक्रम अन्तरगत सुन्दरहरैँमामा कृषि यान्त्रिक सामग्री वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा ३८ जना कृषकलाई कृषि यान्त्रिक सामग्री वितरण गरेको हो ।।


    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चक्लाबन्दी खेती कार्यक्रम अन्तरगत सुन्दरहरैँमामा कृषि यान्त्रिक सामग्री वितरण गरिएको छ । युवा कृषि सहकारी संस्था सुन्दरहरैँचा –११, कर्जुनाको व्यवस्थापन र सङ्घीय सरकारको कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा ३८ जना कृषकलाई कृषि यान्त्रिक सामग्री वितरण गरिएको हो । पर्यटन, उद्योग, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, सुन्दररहैँचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले संयुक्त रूपमा कृषकहरूलाई कृषि औजार हस्तान्तरण गरे । कृषि औजार वितरण कार्यक्रक्रममा पर्यटन, उद्योग, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले कृषि पेसामा आबद्ध मानिसले उचित सम्मान नपाएकोमा दुःख व्यक्त गर्दै सबैभन्दा बढी सम्मानको हकदार कृषक नै भएको बताए । उनले वितरित यी औजारले कृषकलाई आफ्नो व्यवसाय प्रवर्धनमा ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे । साथै राज्यद्वारा प्राप्त सहयोग वास्तविक किसानले पाउनु पर्नेमा जोड दिए । त्यस्तै, सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धना तामाङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर घिमिरे, प्रधानमन्त्री कृषि परियोजनाका प्रमुख विनोद मण्डल आदिले बर्षौ देखि कृषिकर्म गर्दै आएका किसानहरुको पहिचान गरेर मात्र अनुदान रकम वितरण गर्नुपर्ने धारण राखे । किसानहरुलाई दुईवटा हाते ट्याक्टर, दुई थान धान मकै पिस्ने मिसिन, ३० थान कोदालो, २ थान पिठो पिस्ने मिसिन, ३ थान धान काट्ने मिसिन, १० थान कुटे, २ थान ब्रस कटर मिसिन गरेर ६ लाख ५२ हजार बराबरको कृषि सामग्री वितरण गरिएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित