FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दिया जिल्लाको मधुवनमा पहिलो पटक ब्यवसायिक मेवा र सुन कागती खेती विस्तार

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    बर्दिया जिल्लाको मधुवनमा पहिलो पटक ब्यवसायिक मेवा र सुन कागती खेती विस्तार

    शिवा शार्मा, बर्दिया । बर्दिया जिल्ला मधुवन नगरपालिकामा पहिलो पटक व्यवसायिक रुपमा ताईवान जातको रेड लेडी मेवा र सुन कागती खेती गरिएको छ । १ करोड ५० लाख लगानीमा सुरेश पन्तले व्यवसाय सञ्चालन गरेका हुन् ।

    उनी हुन् बर्दिया जिल्ला मधुवन नगरपालिका वडा न. ४ का ४६ बर्षिय सुरेश पन्त । उनले नगरपालिकाको ७ र ८ मा समावेशी कृषि फर्म प्रा.लि संचालन गरी मल्चिङ्ग सिस्टम बाट ५ विघा जमिनमा ताईवान जातको रेड लेडी मेवा र सुन कागती खेतीका साथै माछा पालेका छन । ब्यवसायिक रुपमा मेवा खेती र सुन कागती खेती गर्ने सुरेश पन्त बर्दिया जिल्लाको पहिलो कृषक हुन । हप्तामा १० क्यूनटल भन्दा बढी मेवा उत्पादन गरी बर्दिया देखी काठमाण्डौसम्म आफनो उत्पादन पुग्याउन सफल भएका छन् । कागती फल्न भने अझै २ बर्ष लाग्ने उनको भनाई छ । १ करोड ५० लाख लगानीमा मेवा र कागती खेती सुरु गरेका पन्ते मेवाबाट वार्षिक ७६ लाख आम्दानी गर्न थालेका छन् । भने कागती फल्न सुरु भएपछि १ करोड ६० लाखसम्म आम्दानी हुने पन्त बताउँछन् । उनले युवाहरुलाई रोजगारीको लागि विदेश हैन स्वदेश रोज्न समेत अनुरोध गरेका छन् ।

    लामो समय देखी फलफुल बेच्दै आएका व्यवसायीहरुका अनुसार इन्डियाबाट ल्याएको मेवा भन्दा स्वदेशमै उत्पादन भएको रेड लेडी मेवा ग्राहकहरुको रोजाइमा पर्न थालेको छ ।

    कृषि विकास शाखा मधुवन नगरपालिका प्रमुख एक राज ओली मधुवनको हावापानी मेवा खेतीको लागि उपयुक्त भएकाले यस व्यवसायबाट कृषकले राम्रो प्रतिफल लिन सक्ने बताउँछन् । मेवा खेतीको लागि ३० देखी ४० डिग्री तापाक्रम उपयुक्त मानिन्छ ।

    जिल्लामा पहिलो पटक गरीएको यवसायिक मेवा खेतीमा नगरपालिकाले पनि चाँसो देखाएको छ । पन्तले सुरु गरेको व्यवसायले अन्य कृषकहरुलाई पनि मार्ग दर्शन बन्ने नगरपालिकाको विश्वास छ ।

    तवाईवान जातको रेड लेडी मेवा लगाएको एक वर्षमा फल्छ भने सुन कागतीले ३ वर्षपछि मात्र फल दिन थाल्छ । आगामी दिनमा साना कृषकहरुलाई पनि यो खेतीमा आकर्षण बढाउन मेवा खेती र कागती खेतीका लागि मधुवन नगरपालिकाको कृषि शाखाले विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित