- Loading...
मुक्तिनाथ कृषि कम्पनीले मनायो तेश्रो बार्षिक उत्सव
- कृषि टि.भी.
- १ साल अघि
- २० पटक पढिएको


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सोमबार तेश्रो बार्षिक उत्सव मनाएको छ । विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उदेश्यले स्थापन भएको कम्पनीले उत्पादीत वस्तु र सेवालाई कृषकसमक्ष पु¥याउन उत्कृष्ट काम गर्ने कृषि श्रोत केन्द्रहरुलाई सम्मान गरेको छ ।

गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा भन्ने अभियान सहित स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सोमबार तेश्रो बार्षिक उत्सव मनाएको छ । कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गरेर उत्कृष्ट काम गर्ने कृषि श्रोत केन्द्रहरु र उत्कृष्ट काम गरेका कर्मचारीलाइ सम्मान पनि गरिएको छ । विजनेस अफ दि इयर अवार्ड गणपति एग्रीकल्चर प्राइभेट लिमिटेड धादिङका देवराज आचार्यले पाए । त्यस्तै एक्सीलेन्स विजनेस ससटेनबलीटि अवार्ड तमोर कृषि भण्डार झापाका सन्दिप खतिवडा, इमर्जिङ कम्पनी अवार्ड जय किसान मेसिनरी एण्ड एग्रो मार्ट कपिलवस्तुका सञ्चालक दर्शन आचार्यले पाएका छन भने बेष्ट फारमर ग्रुप अफ दि इयरका अवार्ड भिउ तरकारी समुह काठमाण्डौका अध्यक्ष पुर्णमान श्रेष्ठले प्राप्त गरेका छन । बेष्ट फारमर ग्रुप अफ दि इयरका अवार्ड प्राप्त गरेका भिउ तरकारी समुहका अध्यक्ष पुर्णमान श्रेष्ठले मुक्तिनाथ कृषि कम्पनी मार्फत उत्पादन भएका मेसिनरी उपकरण बाट कृषकहरु सन्तुष्ट रहेको बताए ।
नेपाल कृषि प्रधान देश भएकाले कम्पनीले विशेष गरेर कृषि क्षेत्रका लागि आवश्यक मेसिनरी उपकरणहरु उत्पादन र वितरण गर्दै आएको छ । कम्पनी मार्फत हजारौले रोजगारी पनि पाएका छन । विशेषगरेर विदेश पलायन हुने युवावर्गलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने, कृषि क्षेत्रको उत्पादनलाई अन्तरराष्ट्रिय बजारीकरण गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको कम्पनीका सञ्चालक समितिका कार्यकारी अध्यक्ष भरतराज ढकालको भनाइ छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिले ५ बर्षे कार्ययोजना समेत बनाइसकेकाले आगामी दिनमा कृषि क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रसँग प्रतिस्पर्धा भन्दा पनि सहकार्य गरेर काम गर्ने बताइएको छ ।

