FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • केरा जोन बर्दियाले बुझायो गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादबलाई ज्ञापनपत्र

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३७ पटक पढिएको
    केरा जोन बर्दियाले बुझायो गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादबलाई ज्ञापनपत्र

    शिवा शार्मा, बर्दिया । केरा जोन संचालन समन्वय समिती बर्दिया र केरा खेती गर्ने स्थानिय कृषकहरुले गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादबलाई ज्ञापनपत्र बुझाएका छन । २०७८ भाद्र २९ गते दिउँसो आएको आधिहुरि र पानीले गर्दा गुलरिया नगरपालिका क्षेत्र भित्र १० हेक्टर क्षेत्रफल जमिनमा ३० हजार बोट केरा ढलेको क्षति विवरण सहित ज्ञापनपत्रमा उल्लेख गरी ज्ञपानपत्र बुझाएका छन । उक्त ज्ञापनपत्रमा उल्लेख गरेको १० हेक्टर क्षेत्रफल जमिनको केरा क्षति भएको र उक्त क्षति भएको केराको मुल्याङकन गर्दा १ करोड ५० लाख बराबरको क्षति भएको कुरा केरा जोन संचालन समन्वय समिति बर्दियाले जनाएको छ ।

    ज्ञापनपत्र बुझाउन आएका केरा जोन संचालन समन्वय समिति बर्दियाका अध्यक्ष लगायत अन्य सहभागिहरुलाई केरा जोन गठन भएकोमा शुभकामना दिदै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादबले भने भाद्र २९ गते अचानक आएको आधिहुरिले गर्दा नगर क्षेत्र भित्र केरा र धान लगायत अन्य बालिलाई ठुलो नोक्सान पुराएको छ । यसबाट नगर क्षेत्रका धेरै कृषकहरुको नोक्सानि भएको छ । नगरपालिकाले गर्न सक्ने जति राहत स्वरुप केही अवश्य नै गर्ने छ भन्दै ज्ञापनपत्र बुझाउन गएका केरा जोनका पदाधिकारी र कृषकहरुलाई अश्वासन दिएर आफनो कार्यकक्षबाट बिदा गरेको कुरा ज्ञापनपत्र बुझाउन गएका एक जना कृषकले बताए ।

    बर्दिया जिल्लामा ३ सय हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने र वार्षिक ८ हजार मेट्रिक टन केरा उत्पादन हुनुका साथै २१ करोड वार्षिक कारोबार हुने कुरा केरा जोन संचालन समन्वय समिती बर्दियाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित