- Loading...
विभिन्न कार्यक्रम गरी बुधबार देशैभर मनाइयो विश्व स्कुल दुध दिवस
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


काठमाडौं । नेपाल डेरी एसोसिएशनले विभिन्न कार्यक्रम गरी देशैभर बुधबार विश्व स्कुल दुध दिवस मनाएको छ । एसोसिएशनले काठमाडौं महानगरपालिका वडा नं १ स्थित कमलपोखरीमा रहेको श्री कमल आधारभुत विद्यालयका १ सय ५० जना विद्यार्थीलाई दुध र दुग्ध पदार्थ सेवन गराइ दिवस मनाएको हो । कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले बालबालिकालाई दुध अनिवार्य भएको बताए । त्यस्तै, राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले गोठदेखि ओठसम्म नै स्वच्छता कायम गरी उत्पादनमा ध्यान दिनुपर्ने बताए ।


कार्यक्रममा एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्वबारे प्रकाश पारेका थिए । उनले सात वटै प्रदेश, जिल्ला र पालिकामा भव्यताका साथ विश्व स्कुल दुध दिवस मनाइएको बताए ।

विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दुध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर मनाइदै आइएको छ । यस वर्ष विश्वमा २१ औं र नेपालमा छैटौं विश्व स्कुल दुध दिवस मनाइएको हो ।

