FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजार अनुगमनमा जफत गरेको म्याद गुर्जेका अखाद्य बस्तु नष्ट

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३६ पटक पढिएको
    बजार अनुगमनमा जफत गरेको म्याद गुर्जेका अखाद्य बस्तु नष्ट

    शिवा शार्मा, बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाँउपालिका अन्र्तगतको मासु पसल, दुध डेरी, खाद्यन्न पसल र एग्रोभेट लगायतका ब्यापारी केन्द्रहरुमा जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मधाव प्रसाद शर्मा को नेतृत्वमा प्रशासन कार्यालयले अनुगमन गरेको थियो । अनुगमनमा प्राप्त भएका अखाद्यय बस्तुहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघका प्रमुख र प्रतिनिधिहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय बर्दियाको हाता भित्र डोजरले खाल्टो खनेर खाल्टो भित्र नष्ट गरेको हो । ३३ वटा पसलहरु अनुगमन गर्दा ९० प्रतिशत पसलहरुमा मूल्य सूची सहितको बोर्ड नराखेको , म्याद नाघेका सामानका साथै मुल्य सूचि सहितको लेबल नभएको सामान बिक्री वितरण गर्नेलाई जरिवाना तिराएर सामान जफत गरीएको र जफत गरी नष्ट गरीएको सामानको मुल्य ५५ हजार बराबरको रहेको घरेलु तथा साना उद्योग कार्यालय गुलरिया बर्दियाले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित