FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बिभिन्न ८ बुदे माग राख्दै दुग्ध विकास संस्थानका कर्मचारी आन्दोलित, महाप्रबन्धक र उपमहाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    बिभिन्न ८ बुदे माग राख्दै दुग्ध विकास संस्थानका कर्मचारी आन्दोलित, महाप्रबन्धक र उपमहाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक

    काठमाडौं । बिभिन्न ८ बुदे माग राख्दै दुग्ध विकास संस्थान (डीडीसी )का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । संस्थानलाई नाफामा लान नसकेको, भ्रष्टाचारीलाई कारवाही नगरेको , कर्मचारीलाई दुख दिने मनासयले सरुवा गरेको लगाएतमा माग राख्दै कर्मचारीहरुले केन्द्रीय कार्यालय लैनचौरमा आन्दोलन सुरु गरेका हुन् । उनीहरुले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

    उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करोडभन्दा बढी रकम हिनामिना गरेको उनीहरुले आरोप लगाएका छन् । डीडीसी कर्मचारी संघका महासचिव एवं आन्दोलन परिचालन समितिका प्रवक्ता एयुव अलि खानले संस्थान सुधार र कर्मचारीको बृतिबिकासका लागि आन्दोलन गर्नुपरेको बताए । यसअघि राखेको २० सुत्रिय मागमा प्रशासनले सहमति गरेपनि कार्यान्वयन हुन नसकेको उनको भनाइृ छ ।

    कर्मचारीहरुले २०५७ साल भन्दा अगाडी स्थायी भएका सम्पूर्ण कर्मचारीलाई प्राविधिक ग्रेड दिन नसकेको बताएका छन् । त्यस्तै दुघ र दुघजन्य पदार्थको बिक्रिबितरण समयानुकुल बृद्धि गर्न नसकेको उनीहरुको आरोप छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित