FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ माः ७ अर्व २२ करोड रुपैयाँ बराबरको धानबाली नोक्सान

    • कृषि टि.भी.
    • १ साल अघि
    • ६८ पटक पढिएको
    सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ माः ७ अर्व २२ करोड रुपैयाँ बराबरको धानबाली नोक्सान

    काडमाढौं । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नोक्सान भएको छ । कृषि तगा पशुपन्छी मन्त्रालयले जारी गरेको प्रारम्भिक प्रतिवेदन अुनसार असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण मुख्य गरी तीन प्रदेश सुदूरपश्चिम, लुम्बिनी र प्रदेश एक प्रभावित हुदाँ ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सानी भएको उल्लेख छ ।

    तीनै प्रदेशबाट प्राप्त प्रारम्भिक अनुमानित विवरण अनुसार ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले पूर्ण क्षति पु¥याएको छ । भने, एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा असर पुगेको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशको ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ भने ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सान भएको छ । लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातले धेरै असर पु¥याएको छ । प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित भएका छ । ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानमा वर्षाले क्षति पु¥याएको मन्त्रालयले जनाएको छ ।

    यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका किसानले लगाएको धानबालीमा वर्षातले धेरै प्रभाव पारेको उल्लेख छ । ५५ हजार हेक्टर क्षेत्र मध्ये १८ हजार हेक्टरमा लगाइएको धानबाली पूर्णरुपमा क्षति हुदाँ १ अर्ब ९१ करोड रुपैयाँ नोक्सान भएको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातले धेरै असर पु¥याएको छ । मन्त्रालयका अनुसार प्रदेशको ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा वर्षाले क्षति पुगेको छ । प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआई सकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित