- Loading...
अविरल बर्षाका कारण किसान मारमा
- कृषि टि.भी.
- १ साल अघि
- १८ पटक पढिएको

कार्तिक ५ गते

वर्षाका कारण भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएपछी मोरंग ग्रामथानका किसान चिन्तित बनेका छन् । किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होईन नदीले बगाएको समेत छ ।

आइतवार रातीदेखीको अविरल वर्षाका कारण धान बाली सखाप भएपछि किसान चिन्तित वनेका छन् । चाडपर्व राम्रो संग मनाउने च्घरपरिवारमा नयाँ लुगा लगाउने मोरंग ग्रामथान गाउँपालिका -७ का आत्माराम माझी यति बेला मनको लड्डु घ्यु संग खानु जस्तै भएको छ। विगत केही दिनदेखि परेको बेमौसमी वर्षाका कारण खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्राउन नपाउँदै भिजेर नष्ट भएपछि यति बेला आत्माराम मारमा परेका छन् । खेती भित्र्याउने वेला अचानक अविरल वर्षा परेपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका उनको ३ बिगाहा ठेक्क्कामा लगाएको धान नष्ट भएपछि आफ्नो पिडा पोखे ।
अहिले उनी ३ बिघाको ठेक्का प्रति बिघा ३२ मनका दरले ९६ मन बार्षिक ठेक्का बुझाउदै आएका छन। एक त् समयमा मल बिउ बिजन नपाउनु अर्को तर्फ ऋण काडेर धानबाली लगाउने किसानको पिडा कसले बुझिदिने ?
त्यस्तै प्रकृतिबाट यसरी ठगिदा सोहि वडाका किसान ललित बहादुर बनले आफूले लगाएको धानबाली ४ बिघामा ३ सय मन नष्ट भएको बताए । यस वडामा अधिकांश किसान परिवारको बिचल्ली हुन लागेको बताए । यसमा राज्यले केहि गरिदिए ठुलो राहत हुने बताए।
वर्षाका कारण ग्रामथानमा सयौँ किसान जमिनको धान भिजेको छ । घरमा भित्राउन ठिक्क पारेको धान भिजेपछि किसानहरु मर्माहत भएका छन् भने आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई नसताउला भन्न सकिन । यस्तै श्यामकुमारीको पिडा नि यस्तै छ। अविरल बर्षाका कारण अधियामा लगाएको धान नष्ट हुँदा बिच्चलीमा परेकी छिन। आगामी दिनमा पीडित किसानहरुका लागि खाद्यान्नको व्यवस्था गरिनुपर्ने र किसानलाई मल, बिउको व्यवस्थापन सरकारले गरिदिनुपर्ने यहाँका किसानले बताए ।
वर्षाले बालीमा क्षति पुर्याएपछि सोहि पालिका वडा ७ कार्यालयका अध्यक्ष रमेश कुमार माझी किसानको पिडा बुझ्न खेतमै पुगेर निरीक्षण समेत गरेका छन्। सो वडा लगाएको धानबालीमा १५ बिघा जति धान बगाएको अध्यक्ष माझीले जानकारी दिएका छन्। किसानको समस्या समाधान गर्न क्षतिको विवरण संकलन गरी किसानको घाउमा मलम लगाउन आफुले निरन्तर पहलगरिरहेको बताए ।
यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आंकलन गरिएको छ ।

