FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ५ करोड लगानीमा उद्दमी गाईपालन किसान यादब ढकालको नयाँ परियोजना सुनबर्षीमा बन्दै

    • कृषि टि.भी.
    • १ साल अघि
    • ८९ पटक पढिएको
    ५ करोड लगानीमा उद्दमी गाईपालन किसान यादब ढकालको नयाँ परियोजना सुनबर्षीमा बन्दै

    एलएन गच्छदार

    बिगत २७ वर्ष देखि कृषि कर्ममा होमिएका यादब ढकालको  संघर्षका कथा भने कहानी लाग्दो छ।  बैदेशिक भूमिमा काम गर्नु भन्दा आफनै देशको माटोमा केहि गर्छु भन्ने सपना बुने यादब।  सामान्य जीवनशैलीमा  हुर्केका उनि रिक्सा चलाएर घरदेखि बिराटनगर सम्म  दुग्ध पुर्याउने काम गर्थे। जिबनमा  हरेश नखाने एक लगनशील र मेहनती किसानको  उदाहरण बनेका छन् यादब ढकाल। ऋण काढेर भएपनि उनी गाईपालन गर्ने सोच बनाए।

    २०७० सालमा जयपती कृषि फर्म  स्थापना गरेर व्यवसायीक गाईपालन शुरु गरेका ढकाललका अहिले १०० गाई छन  । उनी  मोरङको ग्रामथान गाउँपालिका वडा ७ मा प्रदेश १ कै नमुना गाई फर्म संचलन गर्दै आएका छन।  समान्य जीवन स्तरबाट कृषि कर्म मै रम्दै यादब अहिले प्रत्यक्षरुपमा २०  जनालाई रोजगारी दिएका छन।

    गर्दा जे पनि संम्भव छन भन्ने ज्वलन्त उदाहरण बनेका यादब अहिले नयाँ परियोजनाको थालनी गरि १०० थान बाछी उत्पादन, घाँस उत्पादन गरि सुनबर्षी नगरपालिकामा नयाँ परियोजना  संचालन गर्न लागेको हो। उक्त क्षेत्रमा नश्ल सुधार , दुग्धजन्य पदार्थको बिबिधिकरण र बजारिकरण, संकलन  समेत गरि १७  जनालाई प्रत्यक्ष र सयौं जनालाई अप्रत्यक्ष  रोजगारी  सृजना गर्ने बताएका  छन । सोहि पालिका वडा ३ मा समेत ८ बिघा क्षेत्रफल भित्र उक्त  परियोजना संचालन गर्ने भएका छन । नयाँ प्रबिधि संगै ब्यबसायिक कृषक बन्न प्रेरित गर्दै सो ठाउँमा अग्रो टुरिज्मको धारणा ल्याउने भएको जानकारी दिएका छन्।  ढकालले डेढ बिघामा माछा पालन,१ सय माउ गाई,  १०० वटा बंगुर पालन,  १ सय वटा बाख्रापालन, टर्की, कुखुरा पालन गर्ने भएको छ। नयाँ परियोजना मा साँवा ५ करोड लगानी गरेर सुनबर्षी संचालन गर्न लागिएको कृषि फर्मबाट यस क्षेत्रका ग्रामिण किसानले  लाभ  लिनेछन।

    साथै उनले यहाँ किसानलाई  गाइपालन गर्न प्रेरित गर्दै जयपति कृषि फर्मले २ लाख आफनै लगानीमा किसानलाई साइलेज मेसिन, घासका बिउ समेत निशुल्क  वितरण गरेका छन्। 

    उक्त क्षेत्रमा सो परियोजना संचालनमा आउँदा यस क्षेत्रको बिकास संगै, यहाँका किसान लाभान्वित हुने र पप्रत्यक्ष रोजगारी समेत पाउने छन् भने थप हौसला किसनमा वृद्धि हुने सो सुनबर्षी नगरपालिका वडा  ३ का अध्यक्ष टेक बहादुर बिष्टले बताए।

    यस क्षेत्रमा पर्यटन भित्र्याउन होम स्टे संचालन, आफुले चाहेको खानेकुरा आफैले पकाएर खान सक्ने गरिको शान्त र सौर्न्दर्य बाताबरणमा पिकनिक स्पोर्ट समेत ब्यबस्थापन गर्ने योजना बुनेका छ्न। गर्दा जे पनि हुन्छ तर लगनशील र मेहनत अवश्य चाहिन्छ।  प्रदेश १ मै उदाहरणीय गाईपालन किसानको परिचय बनाएका उनीबाट अरुले पनि प्रेरणाको पाठ सिक्न जरुरी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित