FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बेमौसमि बर्षाका कारण क्षति व्यहोरो किसानलाई सरकारले पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    बेमौसमि बर्षाका कारण क्षति व्यहोरो किसानलाई सरकारले पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय

    काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३१ गते देखि कात्तिक २ गतेसम्म परेको बेमौसमि बर्षाका कारण बाढी, पहिरो र डुबानमा परि क्षति व्यहोरेका किसानलाई चार किसिममा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । यस वर्षका लागि निर्धारण भएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानेर सरकारले राहत रकम दिने निर्णय गरेको छ । साना किसानलाई पहिलो प्राथमिकतामा राखिएको छ । १० कट्ठासम्म खेत भएका साना किसानलाई पैसठि प्रतिशत राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् । त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा) जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन्न् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय सतासी रुपैयाँका दरले राहत दिइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउने छ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय एकानब्बे रुपैयाँका दरले राहत पाउनेछन । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा पाँच सय एकानब्बे रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए ।

    कृषि मन्त्रालयका अनुसार देशभर एक लाख एघार हजार ६ सय नौ हेक्टरमा लगाइएको धानबालीमा वर्षाले क्षति पु¥याउँदा एघार अर्ब सतासी करोड एकाउन्न लाख साठी हजार रुपैयाँ बराबरको धानमा क्षति पुगेको हो । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा बयालिस हजार चार सय सताइस हेक्टरमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै, सुदूरपश्चिममा छतिस हजार चार सय पचपन्न हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । प्रदेश २ मा पन्ध्र हजार एक सय छयालिस हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा किसानहरुको एक अर्ब एकसठि करोड पन्ध्र लाख बयासि हजार रुपैयाँ नोक्सान भएको छ । गण्डकीमा एक हजार एक सय बयानब्बे हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा पाँच सय तीस हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा पाँच करोड त्रीसठी लाख बयानब्बे हजार रुपैयाँ नोक्सानी भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित