- Loading...
१४ औँ गोदावरी पुष्प मेला ललितपुरको जाउलाखेलमा सुरु
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


काठमाडौं । रोपेर फूल गोदावरी सजाउ घर वरिपरी भन्ने नाराका साथ शुक्रबार बाट ललितपुरको जाउलाखेलमा १४ औँ गोदावरी पुष्प मेला सुरु भएको छ । १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा उत्पादनबृद्धि गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरुलाई भारी छुट दिने नीति भएको बताए । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र आत्मनिर्भर हुने धारणा राखे । मुलुकमा उत्पादन भइरहेको बिद्युत खेर गइरहेको अवस्थामा पनि मुलुकमा उद्योगहरुको स्थापना र भएका उद्योगहरुको सहज सञ्चालन आवश्यक रहेको उनको भनाइृ छ । मन्त्री शार्माले मुलुकमा उत्पादनबृद्धि नभएसम्म व्यापार घाटा न्युनिकरण हुन नसक्ने र गरिवी पनि घटाउन नसक्ने जिकिर गर्दै उपत्यकाभित्र १२ वटा पार्क निर्माण गर्ने योजना रहेको जानकारी पनि दिए । उनले फूलको अनुसन्धान, उत्पादन र बजारीकरणमा ध्यान दिन आग्रह गरेको छन् । पुष्प सबैका लागि महत्त्वपूर्ण भएको बताउँदै उनले नेपाल फूलमा आत्मनिर्भरको बाटो तर्फ उन्मुख हुनु पर्ने पनि बताए ।

उद्घाटन समारोहमा फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मिन ब. तामाङले पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन नसकेको बताउँदै ९०% फुल नेपालमै उत्पादन भएपनि १० प्रतिशत अन्य मुलुकहरुबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले पुष्पको उत्पादनलाई बढाउन सरकारले निजि क्षेत्रलाई सहयोग गर्नुपर्ने र विश्व विद्यालयहरुमा पनि पुष्पको विषयमा अध्ययन गराउनु पर्नेमा जोड दिए ।
गोदावरी पुष्प मेलामा पुष्प प्रदर्शनका लागि विभिन्न ठाउँबाट आएका पुष्प व्यवसायीहरु स्टल राखेका छन् । विगत १४ वर्षदेखि पुष्प व्यवसायमा आवद्ध व्यवसायी तारा ब. थापा पनि विभिन्न थरिका रंगिबिरंगी फूलहरुसंगै मेलामा सहभागिता जनाउन आएका छन् । लकडाउनको अवधिमा फूलहरु बिक्रि नहुदा धेरै फूलहरु फ्रयाक्नु परेको तारा ब. ले बताए । पुष्प व्यवसायमा लागेको एत्तिका वर्ष हुदा पनि सरकारबाट अनुदान नपाएको उनले गुनासो छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु मेला कार्तिक १५ गतेसम्म ललितपुरको जावलाखेलमा चल्नेछ । प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेका छन् ।

