FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राहत प्याकेज किसानले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न अखिल नेपाल किसान महासंघको माग

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    राहत प्याकेज किसानले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न अखिल नेपाल किसान महासंघको माग

    काठमाडौं । अखिल नेपाल किसान महासंघले वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित किसानहरूलाई सरकारले घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न माग गरेको छ । विज्ञप्ति जारी गर्दै महासंघले किसानहरूको सहभागितामा तत्काल लगत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन तथा सरकारले घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न माग गरेको हो । कृषि क्षेत्रलाई प्रभावित पार्ने विभिन्न समस्या समाधानका लागि हरेक वर्ष कम्तीमा ५ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष ’ स्थापना र सञ्चालन गर्न पनि माग गरेको छ । महासंघले मौसम पूर्वानुमानका कार्यहरू र सूचना तथा जानकारीहरूलाई स्थानीय निकायहरूमार्फत किसानको पहुँचमा पुराई प्राकृतिक विपद्हरू र उत्पन्न हुन सक्ने जोखिमबाट किसानहरू सुरक्षित हुने अवस्था सिर्जना गर्न माग गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित