FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोल्ड स्टोरमा राखेको आलु कुहियो, किसान चिन्तित

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    कोल्ड स्टोरमा राखेको आलु कुहियो, किसान चिन्तित

    झापा । दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएको छ । बैमोसमि बर्षाका कारण कोल्डस्टोरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रले जनाएको छ ।

    जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।

    केन्द्रले सरोबारवाल निकाय र बीमा कम्पनीसँग समन्वय गरेर तत्काल राहत उपलब्ध गराउने पहल गरीरहेको जनाएको छ । रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा ४ सय ४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् ।

    उनीहरुले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाव, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित