
FLASH NEWS
- Loading...
तिहारमा २१ लाख माला खपत
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


काठमाडौं । यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ । तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अनुमान थियो । अनुमानभन्दा बढी फूलको कारोबार भएको छ । तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । सयपत्री फूलको माला ६० देखि ८० सम्म र मखमली फूलको माला ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म कारोबार हुँदा १५ करोड रुपैयाँको कारोबार भएको फ्यानले जनाएको छ । अघिल्लो वर्ष तिहारमा कारण १६ लाख मालाको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
