- Loading...
विदेशमा सिकेको सिप स्वदेशमा प्रयोग गर्दे केरबारीका गोविन्द श्रेष्ठ कृषि व्यवसायमा
- कृषि टि.भी.
- १ साल अघि
- २५ पटक पढिएको


काठमाडौं । उनी हुन् मोरङ केरबारीका गोविन्द श्रेष्ठ । बैदेशिक रोजगारीको शिलशिलामा ओमनमा साँढे ९ वर्ष विताएर स्वदेश फर्किएका गोविन्दले विदेशमा पनि कृषि क्षेत्रमै रोजगारी गरेका थिए । विदेशमा सिकेको कृषि सम्बन्धि नयाँ सिप र तरिकाले गोविन्दलाई स्वदेशमा आएर कृषि व्यवसाय गर्न सहज भएको छ ।

त्यहाँ कृषिमा व्यवसायिक खेती गर्ने तरिका र नयाँ नयाँ प्रविधि अपनाएर गरेको कृषि व्यवसायले उनलाइ पनि नेपालमा आएर आधुनिक ढङगले व्यवसाय गर्ने सोच बनाउन सहयोग ग¥यो । विगत ३ वर्षदेखि उनी अहिले आफनै ठाउँमा १० कठठामा तरकारी खेती सँगै बंगुर पालन व्यवसाय पनि गरिरहेका छन । व्यवस्थित योजना बनाएर काम गरेमा कृषि पेशामा धेरै सम्भावना रहेको उनको भनाइ छ ।
श्रेष्ठले गोलभेँडा, खुर्सानी व्यवसाय गर्नुका साथै मौसमी तथा वेमौसमी खेती प्रणाली पनि अपनाएका छन । उनले टनेल र मल्चिङ प्रविधिबाट तरकारी खेती गरेका छन ।
यति मात्र हैन उनले ल्याण्डरेस, डयुरोग जस्ता विकासे जातका ४० भन्दा बढी वंगुर पनि पालेका छन । उनको यो कामलाइ देखेर केरावारी गाउँपालिका कृषि शाखाले अनुदान पनि दिएको छ । गाउँपालिकाले थोपा सिँचाइ प्रविधि र प्लाष्टिक पोखरी अनुदान दिएको हो ।
पछिल्लो समय कृषि व्यवसायमा धेरैको आर्कषण बढेको छ । तर, परम्परागत जिविकोपार्जन हुने गरी मात्रै गरिने कृषि व्यवसायले आर्थिक अवस्था मजबुद बनेको छैन । परम्परागत कृषि प्रणालीलाइ त्याग्दै व्यवसायिक र आधुनिक प्रविधि अपनाएर व्यवसाय गरेमा थोरै लगान्ीबाट पनि मनग्य आम्दानी लिन सकिन्छ ।

