FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुन्दहरैंचा नगरपालिकामा फुल खेती

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    सुन्दहरैंचा नगरपालिकामा फुल खेती

    चाडपर्बको बेला माला बनाउन , बिबाहमा सजाउन , उपहार दिन ,बिभिन्न सभा तथा गोष्ठीमा फुलको प्रयोग एकदमै बढि हुने गरेको र यस बाट पनि आम्दानी गर्न सकीन्छ।

    मोरंगको सुन्दहरैंचा नगरपालिकामा फुल खेती सुरु गरेका छन्  । सुन्दहरैंचा – १० कृष्णमाया राई अहिले खेति गरेर राम्रो आम्दानी गरेकी छिन्।   फुलको ब्यबसाय गर्दा लगानी पनि कम लाग्ने तथा बजार पनि निकै राम्रो हुने भएकाले आफुले फुलको ब्यबसाय सुरु गरेको राइको भनाई छ।  राई र अन्य सहकर्मी  ३ जना मिलेर  अहिले ९  कठ्ठा जग्गामा सयपत्री फुल लगाएका  छन  ।  फुल खेती राम्रो आम्दानी भएपनि  जंगल नजिकको जमिनमा  अन्न बालि नहुने र बादर र बदेलले दुख दिने गरेको  कृष्णमायाको भनाई छ।

    बिशेष गरि ‘दसैं, तिहारदेखि छठ पर्वसम्म सयपत्री फुलको माग बढी हुन्छ।  प्रति मुठा १ सय का दरले बिक्री हुन्छ भने प्रति किलोको ५ सयमा हुन्छ।  ।

    फुल खेती तर्फ युवाहरुलाई आर्कषित गर्ने खालका योजना तथा कार्यक्रमहरु स्थानिय सरकार तथा प्रदेश सरकारले ल्याउनु यहाँका किसानको माग छ  । यस क्षेत्रमा   फुल खेती गर्ने अरु किसान पनि छन्।  त्यस्तै जितबहादुर राईले पनि २ कठामा सयपत्री फुल लगाएका छन्। कहिलेकाहीं फुल बिक्रि नहुँदा भने जस्तो लाभ लिन नसकेको बताउछन।  आफैले बजार सम्म पुर्याउन नसक्दा ब्य्पारिले बढी नाफा लिएर बेच्ने गरेका छन्। अर्को तर्फ धान नहुँदा फुल लगाएको बताउछन। प्रति  कठामा  बराबर ७/८  हजार  फुलबाट आमदानी हुने गरेको समेत बताउछन।

    सोहि क्षेत्रका अर्का किसान अनिश मगरले पनि २ काठमा फुल खेती गरेका छन्।  लगानी थोरै लाग्ने र फुल खेति गरेर सन्तुष्ट छन।  उनि भन्छन फुल किन्न घरमै आउछन, ब्यापारीलाई प्रति कठा १० हजारका दरले बिक्रि गरि सकेको बताउछन।  बाइट अनिश मगरस्थानीय सरकारले अहिलेसम्म फूल उत्पादकलाई कुनै सहयोग गरेको छैन । नत यसप्रति चासो नै देखाएको छ । फूलमा अत्मनिर्भर बन्न सकिने भएकाले सरकारले फूल उत्पादकलाई प्रेरित गर्नुपर्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित