FLASH NEWS
- Loading...
रातो माटो मिसाएर नक्कली मल बनाउने दुई जना पक्राउ
- कृषि टि.भी.
- १ साल अघि
- १८ पटक पढिएको


काठमाडौं । नुनमा रातो माटो मिसाएर नक्कली मल बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली घटनास्थल पुग्दा नक्कली मल बनाउने चार जना भाग्न सफल भएका थिए । प्रहरीले घरधनी र नक्कली मल बिक्री गर्ने कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेको जानकारी दिएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

झापाको कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा प्रहरीले सोमबार छापा मारेको हो ।देशभर रासायनिक मलको अभाव भइरहेको बेला उनीहरुले घरमै नक्कली मल (पोटास) बनाएर बजारमा बिक्री वितरण गर्दै आएको भेटिएको हो । प्रहरीले नुनमा रातो माटो मिसाएर नक्कली पोटास बनाई बिक्रीका लागि बजार लैजान ठिक्क पारेको १६ बोरा नक्कली मल बरामद गरेको छ ।।

प्रतिक्रिया दिनुहोस
