- Loading...
हिमपहिरो परी १२० याक र चौरी बेपत्ता
- कृषि टि.भी.
- १ साल अघि
- ३० पटक पढिएको


काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले कतिपय स्थानीयको घरको छानो उडाएको छ । भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फफिर्कएको बताइएको छ । बेपत्ता चौंरी हिमपहिरोले पुरिएको अुनमान गरिएको छ ।

हिमपहिरोले जङ्गलमा रुख ढल्दा वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । उवा र फापरबालीमा पनि क्षति पुगेको छ । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको बताइएको छ ।।
मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले कतिपय स्थानीयको घरको छानो उडाएको छ । भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फफिर्कएको बताइएको छ । बेपत्ता चौंरी हिमपहिरोले पुरिएको अुनमान गरिएको छ । हिमपहिरोले जङ्गलमा रुख ढल्दा वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । उवा र फापरबालीमा पनि क्षति पुगेको छ । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको बताइएको छ ।।

