FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भूमि समस्यालाई सधैँका लागि अन्त्य गर्ने गरी कार्ययोजना बन्दै : मन्त्री श्रेष्ठ

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    भूमि समस्यालाई सधैँका लागि अन्त्य गर्ने गरी कार्ययोजना बन्दै : मन्त्री श्रेष्ठ

    रामेछापको सुनापति गाउपालिका वडा न ४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा शहिद बाबुराम तामाङको शालिक अनावरण समारोहमा मन्त्री श्रेष्ठले अवको केही समयभित्रै भू–उपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यवसायिक कृषि र उत्पादनमा बृद्धि हुने विश्वास समेत व्यक्त गरिन । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधन गर्न संविधानमा भएको व्यवस्थालाई कायान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छिन । 

    उनले अबका दिनमा शहकारीको माध्यमबाट युवास्वरोजगार बढाउन मन्त्रालयले पहल शुरु गरिसकेको पनि बताइन । उनले “भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिहरुबाट भएका कामहरुलाई ग्रहण गरेर सवैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गर्ने तथा थोरै स्रोत साधनबाट पनि छिटो काम सम्पन्न गर्ने र कामहरुलाई  छिटो पूर्णता दिने गरी आपूmले कामको थालनी गरिसकेको र त्यसपछि बाँकी काम गर्दै जाने छौ” भनिन ।
     
    मन्त्री श्रेष्ठले हलिया कमैया, कमली,तथा हरुवा चरुवाको समस्या समाधान पिडित सँग आफूले छलफल शुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको सत्यतथ्यका आधारमा दिएको प्रतिवेदन अनुसार काम शुरु गर्ने पनि जानकारी दिइन ।

    उनले रामेछाप जिल्ला कृषि तथा फलफुलका लागि महत्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यवसायिक र उत्पदनमुलक बनाउदै अगाडी बढ्नु पर्नेमा जोड समेत दिइन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित