FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गहुँ खेतीका लागि ३५ सय मेट्रिक टन डीएपी मल वीरगञ्ज आइपुग्यो, थप ६ हजार मेट्रिक टन आउदै

    • कृषि टि.भी.
    • १ साल अघि
    • २७ पटक पढिएको
    गहुँ खेतीका लागि ३५ सय मेट्रिक टन डीएपी मल वीरगञ्ज आइपुग्यो, थप ६ हजार मेट्रिक टन आउदै

    राम मण्डल। गेहुँ खेतीका लागि चाहिने ३५ सय मेट्रिक टन रसायनीक मल (डीएपी) वीरगञ्ज स्थित कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्जमा आई पुगेको छ । बुधबारसम्म कम्पनीको गोदाममा ३५ सय मेट्रिक टन रसायनिक मल डीएपी आई पुगेको कम्पनीका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिए । नेपालका लागि चीनबाट आउने २५ हजार मेट्रिक टन मल मध्ये वीरगञ्ज कार्यालयको लागि आउने डीएपी मल मध्ये हालसम्म ३५ सय मेट्रिक टन मल भारत हुदै वीरगञ्ज नाका भएर आईपुगेको हो । २५ हजार मेट्रिकटन रासायनिक मल डिएपीमध्ये नौ हजार भैरहवा नाकाबाट, नौ हजार ५ सय वीरगञ्ज नाकाबाट र ६ हजार ५०० मेट्रिकटन विराटनगर नाकाबाट नेपाल भित्रिने छ । वीरगञ्जको लागि चाहिने थप ६ हजार मेट्रिक टन डीएपी केही दिनमै आउने कम्पनीका प्रबन्धक केसीले बताए ।केसीले किसानहरुलाई गेहुँ र तोरी खेतीको लागि चाहिने डीएपी मल वीरगञ्ज स्थित कम्पनीको कार्यालयबाट बितरण समेत भईरहेको जानकारी दिए ।

    रासायनिक मल डिएपी विशेष गरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ । कृषि सााग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्जले देशका १५ वटा जिल्लाहरुमा राियनिक मल बितरण गर्दै आएको छ । पर्सामा लगभग २ हजार ५ सय मेट्रिक टन डीएपी मल गेहँ तथा तोरी खेतीको लागि आवशयक पर्ने अनुमान रहेको छ ।खेतीका लागि चाहिने रसायनिक मल सरकारले बिभिन्न सहकारीहरुमार्फत किसानहरुलाई बिक्री बितरण गर्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित