- Loading...
कृषि ज्ञान केन्द्रद्वारा कपिलवस्तुका एग्रोभेटहरुमा अनुगमन
- कृषि टि.भी.
- १ साल अघि
- ५८ पटक पढिएको


कपिलवस्तु । कृषि ज्ञान केन्द्र कपिलवस्तुले एग्रोभेट, बिउबिजन तथा विषादी विक्रीवितरण गर्ने पसलहरुमा अनुगमन गरेको छ ।

कृषकहरुको बाली संरक्षणका लागि म्याद नाघेका बिउबिजन तथा विषादी विक्रिवितरण हुन नदिन ज्ञान केन्द्रले कपिलवस्तु नगरपालिका–१० र मायादेवी गाँउपालिका–४ वटा एग्रोभेट, बिउबिजन तथा विषादीका पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश पसलहरुमा मूल्य सूची नभएको, दर्ता प्रमाणपत्र नवीकरण नभएको भेटिएको छ भने विषादीहरु बेग्ला बेग्लै स्थान राखिनु पर्ने भएपनि एकै स्थानमा राखिएको पाइएको छ । त्यस्ता पसलहरुलाई सुझावसहित नियमानुसार गर्न चेतावनी दिइएको कृषि ज्ञान केन्द्रका विषादी निरीक्षक सत्यराम हरिजनले जानकारी दिए ।

विषादीलगायत सामग्रीहरु विक्रीवितरण गर्नका लागि व्यवसायीले ग्लोब्स, मास्क अनिवार्य प्रयोग गर्नु पर्ने र हरेक पसलको अगाडि हात धुनका लागि अनिवार्य व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ ।

