- Loading...
अकाडियन प्लान्ट हेल्थको अर्गानिक मल ‘गोल्डस्टार’ नेपाली बजारमा
- कृषि टि.भी.
- १ साल अघि
- १५ पटक पढिएको


पछिलो समय रोगकिराबाट जोगाउन र कृषि उत्पादन बढाउन किसानहरुले रासायनिक मल र विषादीको प्रयोग बढाएका छन्। रसायनिक मल,विषादीको अत्यधिक प्रयोग हुँदा माटोको उर्बरा शक्तिमा कमी संगै किसान, उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकुल असर हुदै गएको छ। मानिसको स्वास्थ्य र वातावरण यि सबै कुरालाई मध्यनजर गर्दै अकाडियन प्लान्ट हेल्थले अर्गानिक मल नेपाली बजारमा ल्याएको छ । शनिबार नगरकोटको मिस्टिक माउन्टेन होटेलमा एक कार्यक्रमका बीच, कम्पनीले अर्गानिक मल,गोल्डस्टारको औपचारिक उद्घाटन गरेको हो। अर्गानिक खेतिलाई प्रोत्साहन गर्ने उद्देश्य सहित कम्पनीले अर्गानिक मल,गोल्डस्टार नेपाल भित्राएको हो । एकेडिएन प्लान्ट हेल्थ क्यानडाको कम्पनी हो । उक्त कम्पनीले ‘अस्कोफायलम नोडोसम नामक समुन्द्री झारबाट उक्त प्रडक्ट बनाउँदै आएको छ । जस्तोसुकै मौसममा पनि बाच्ने र बढ्ने विशेषता भएको समुन्द्री बिरुवालाई मलको रुपमा प्रयोग गर्दा किसानले लगाएको अन्नबालीमा राम्रो प्रभाव पर्ने कम्पनीले जनाएको छ। लामो समय देखि अर्गानिक विषदी, मलको प्रयोगलाई जोड दिदै आएका वरिष्ठ बागवानी विज्ञ डा. केदार बुढाथोकी यस मलको प्रयोगले किसानका लागि निकै फाइदा पुर्यउने बताउछन्। उनि आफै पनि यस मलको प्रयोगकर्ता हुन्। अब किसानले अर्गानिक मल त्यागेर अर्गानिक विषदीको प्रयोगमा जोड दिनुपर्ने उनको भनाई छ।


यस्तै ईस्ट वेस्ट सिड कम्पनीका प्रवन्ध निर्देशक केदार खड्का अकाडियन प्लान्ट हेल्थ विश्व स्तरिय कम्पनी रहेको हुदा यसका उत्पादन गुणस्तरिय रहेको बताउछन्। क्वालिटी युक्त प्रोडक्ट किसानमाझ पु¥याउने एक मात्र उदेश्य कम्पनीले लिएको उनको भनाई छ । किसानहरुको मागलाई मद्यनजर गरि छिटैनै नेपाल भर अर्गानिक मल बिक्रि गर्ने तयारीमा कम्पनी रहेको उनले जानकारी दिए।
पहिलो पटक कम्पनीले भित्राएका उत्पादनहरु बिक्री गर्न र किसानलाई बुझाउन हम्मेहम्मे पर्ने गरेकोमा अहिले यो अवस्थाको अन्त्य भएको अकाडियन प्लान्ट हेल्थका बागमती प्रदेश सेल्स इनचार्ज देवी गौतम बताउछन्। अहिले किसानहरु अर्गानिक विषादी,मल लिन खोजीखोजी कम्पनी आउने गरेको उनको भनाई छ । अर्गानिक प्रोडक्ट राम्रो नठान्ने मानिसहरुको मानसिक्तालाई अकाडियन प्लान्ट हेल्थको उत्पादनले परिवर्तन ल्याएको कम्पनीले जनाएको छ। कम्पनीका अन्य उत्पादनहरु पनि किसान माज लोकप्रिय हुदै गएको छ। विश्वमा नै चर्चा बटुलेको यस कम्पनी नेपालमा बिस्तार भएको ३ वर्ष भएको छ। यस अवधीमा अर्गानिक विषादी स्वेलग्रो, प्रोमओसन, स्टिमल्पेक्स र टुग्लीले नेपाली बजारमा आफ्नो स्थान बनाउन सफल भएको छ ।

