FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गत पुसमा हराइरहेका निरजको खोजि गर्न आमा कल्पना राईको गुहार, मौन प्रशासन

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    गत पुसमा हराइरहेका निरजको खोजि गर्न आमा कल्पना राईको गुहार, मौन प्रशासन

     १० मंसिर २०७८, शुक्रबार

    सुन्दरहरैंचा

    एक आमाको चीत्कार कसले सुनिदिने। छोरा हराएको १ बर्ष हुन लाग्यो। छोरा आउछ्न भनेर कुरेर दिन गन्दै बित्छन, आमा कल्पना राईको । यो घटना मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -११ तिनमोहरीको हो। गत पुस ४ गते छोरा निरज राई  साथी संग बजार घुम्न जान्छु भनेर निसकेको आज सम्म कता गयो कुन अबस्थामा छ। छोरा सम्झेर भक्कानिछ ९ महिना गर्भमा राखेर जन्म दिएकी राई।

    खोजी कार्यका लागि घटना घटेको ७ दिन भित्र इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी समेत दियो। निरज हजुरआमा देबीमाया राईलाई बिहान  ७:.३०  बजे तिर साथीलाई भेट्न जान्छु भनी हिडेका थिए।

    हजुरबुवा नर बहादुर राईका अनुसार निरज सुन्दरहरैंचा ११ गोठगाउँ बस्ने २२ बर्षका सलेन दर्जी संग भेट भइ सो दिन जोगबनी गएर बेलुका फर्केको थियो। सुन्दरहरैंचा नगरपालिका नजिक चौरीमा सुतेको निरजले बोक्ने मोबाईल सलेन दर्जीले लगेको अवस्थामा भएको नातिको अबस्था अज्ञात रहेको भनाइ छ। बेपता निरज गहुँ वर्ण गोरो ५ फिट ५ इन्च उचाई शरीर समान्य, मुख भित्र माथिल्लो दात चोइटिएको, लाम्चो अनुहार, बयाँ आखाँको डिलमा आँखी भौं पातलो रहेको, टाउकोमा पुरानो खत रहेको छ। 

    यतिका दिन बिति सक्यो राई परिवार छोरा बेपता खबरले चिन्तामा डुबेका छन।  हजुर आमा हजुरबुवा परिवारका सदस्य  निरज आउछ्न भनेर आसामा  छन। रात बित्छन दिन गन्छन छोरा आउने आसा मर्न दिएको छैन ।  हजुरबुवा नर बहादुर राईलेको  घरमा बिगत ७/८ वर्षा देखि सानै देखि हुर्के र बढेको नाति । हजुरबुवा पनि नातिको पर्खाइमा छन।

    सुनुवाई नभएको हो त। खोजी कार्य सबै तिर गरे अतोपतो छैन।  साथीसगतको लहलहैमा बिराटचौक हिडेका निरज अहिले सम्मे बेपता छन । २१ बर्षका उनी ७८ बर्षका हजुरबुवा नातिको खोजिकार्य गरिदिन सबै संग आग्रह गर्छन। प्रसाशन निरह भएको उनको बुवा प्रदिपको भनाई छ। दसै अनि तिहार के चाड पर्व छोराको आसले हरपल सताउछ। अहिले सम्म निरजको अबस्था अज्ञात छ।  खोजि गर्न सबै संग आगह्र गरि दिन परिवारको अनुरोध छ।

    भेटनुहुने जो कोहि ब्यक्तिले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नं. ९८४२०३५१७५ , ९८१२३२६७५९ र ९८४१८९०८७३ खबर गर्न अनुरोध गरेका छन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित