- Loading...
अङ्ग्रेजी भाषा र परिक्षाको अंकले विद्यार्थी र शिक्षाको गुणस्तर मापन गर्न नसकिने -मुख्यमन्त्री राई
- कृषि टि.भी.
- १ साल अघि
- ३१ पटक पढिएको

इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले शिक्षा विना जिवन चल्न नसक्ने बताएका छन् । इटहरी स्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राईले शिक्षा विना गाँस, वास र कपासका लागि पनि अति आवश्यक रहेको बताएका हुन् ।


शिक्षा पवित्र कार्य भएको भन्दै उनले शिक्षाले ज्ञान प्राप्ती मात्र नभएर मानिसलाई सभ्य बनाउनु पर्ने बताए । उनले भने,‘शिक्षाले ज्ञानमात्र होइन ज्ञानी पनि बनाउनु पर्छ । स्वास्थ्य नागरिक बनाउनुपर्छ ।’ उनले अङ्ग्रेजी भाषा र परिक्षाको अंकले विद्यार्थी र शिक्षाको गुणस्तर मापन गर्न नसकिने पनि बताए ।
त्यस्तै मुख्यमन्त्री राईले सरकारी शिक्षण संस्था निजी भन्दा अब्बल रहेको बताउदै त्यसका लागि शिक्षक, विद्यार्थी र अभिभावक अग्रसर हुनुपर्ने बताए । सामुदायिक शैक्षिक संस्थाको पढाई राम्रौ छैन भन्ने कुरा छ तर यसलाई अब सोच्ने बेला आएको छ । अङ्ग्रेजी बोलेकै कुराले मात्रै शिक्षाको गुणस्तर मापन गर्न सकिँदैन’, उनले थपे,‘ निजीले जान्नेलाई मात्रै जान्ने बनाउँछ तर सरकारीले नजान्नेलाई जान्ने बनाउँछ । निजीले जस्तो जान्ने विद्यार्थी छान्दैन ।’

कार्यक्रममा सोमबार विद्यालयकी शिक्षीका तृप्ता मगर लगायतले दुई लाख रुपौयाँको अक्षयकोष स्थापना गरेका छन् । दुई लाख रुपौयाँको अक्षयकोष स्थापना भएसँगै विद्यालयमा अक्षयकोष जम्मा १२ लाख पुगेको विद्यालयले जनाएको छ । कार्यक्रममा ६२ जना विद्यार्थी, ८ जना शिक्षक, ५ जना पूर्व शिक्षक अभिभावक समितिका अध्यक्ष र २ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्मानित भएका छन् ।

