- Loading...
एक बिपन्न परिवारलाई घर बनाउन सुन्दरहरैंचाका महिलाहरुको सहयोग
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको

मोरंग सुन्दरहरैंचा नगरपालिका भित्र रहेका चाँदनी महिला समाज, पाथिभरा स्वतन्त्र महिला समाज र प्रगति महिला समाजले बिपन्न एक परिवारलाई ७५ हजार घर बनाउन सहयोग गरेका छन्। सामाजिक काम गर्दै आएका यी ३ संस्थाले सोहि नगरपालिका वडा ४ बस्ने कमला पौडेल र बोल्न नसक्ने उनका भाई रघुनाथ पौडेललाई सहयोग गरेका हुन्।

त्यस्तै समाजसेवी कल्पना दहालले आफ्नो बैबाहिक बार्षिक अबसर पारेर १० हजार सहयोग गरिन । यस अघि नगरपालिकाले ५० हजार घर बनाउन खर्च समेत उपलब्ध गराएको छ। त्यस्तै सो वडाका अध्यक्ष शैलेन्द्र श्रेष्ठले थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएका छन ।
कमलाको पिडामा महल लगाउने यि महिला र संस्थाको उदाहरणीय कार्यबाट सबैले पाठ सिक्न जरुरी छ भने अर्को तर्फ कमलाले परिवार प्रति देखाएको कथाबाट पनि कोही महिला यसरी कहानिलाग्दो जन्जिरमा नपरुन । मानबिय कार्य र संबबेदाना प्रति सहानुभुति दिन आबस्यक छन कोहि पनि कमला जस्तै पिडामा नपरुन ।
रघुनाथ र कमलाकी आमा बितेको १४ बर्ष भयो ।आर्थिक अबस्था कमजोर बनेको परिवारको जिम्मेबारी काँधमा बोक्दै उनि ५ महिना अघि ८० बर्षिया असक्त बुवालाई समेत गुमाईन । परिवारको जिम्मेबारी समालेका उनको पिडा कहानी लाग्दो छ । आफ्ना इच्छा चाहना मार्दे बुवा र बोल्न नस्कने अपाङ भाईलाई लालन पालन गर्दै बिबाह गर्ने उमेर समेत बिर्सिन ।
तकदिरले कति ठग्दो रहेछ । सानो झुप्रोमा आफु र उनका भाइ रघुनाथ पौडेल बस्छन । बोल्न नसक्ने भाइ र दिदिको कथा । आज सम्म अबिबाहित छिन सुस्थमनष्थितिका भाइको स्याहार सुसार गर्दे अरुकैमा काम गरी जिबिको पार्जन गर्छिन । बोलन नसक्ने भाइकै लागी कमलाले जनिबनि गर्दे जे काम भेट्यो त्यहिकाम गरेर जिबन धानदै आएकी छिन । खान लगाउनमा धौधौ छन , काम नगरी छाक टार्न मुस्किल छन । तर भगवान पनि कहाँ निर्दयि छन र अनको यो नाजुक अबस्था हेरेर कोहि पनि टुलुटुलु हेरर बस्न सक्दैन्न । मनका धनि र सहयोगी हाथहरु समेत उनलाई सहयोग गरेका छन् ।
उनको समस्यामा महल लागाउन महिलाहरुको समुहले घर बनाईदिन र खाद्दन समाग्रि बापतको रकम समेत उपलब्ध गराएका छन । यसरी उनको संघर्षलाई सम्मान गर्दे यि महिला समुहले सम्मान समेत गरेका छन ।

